Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाल नियमित रक्तदाता संघको अभियान : ‘जहाँ अस्पताल’ त्यहाँ रक्तदाता संघ’
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल नियमित रक्तदाता संघको अभियान : ‘जहाँ अस्पताल’ त्यहाँ रक्तदाता संघ’

संसारपोस्ट संवाददाता · १९ असार २०७८ · 0
नेपाल नियमित रक्तदाता संघको अभियान : ‘जहाँ अस्पताल’ त्यहाँ रक्तदाता संघ’
110
SHARES
ShareTweet

सामाजिक काम गर्ने संस्थाहरुलाई प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री श्रेष्ठ
बुटवल, १९ असार । रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस भन्ने मानवीय सेवामा समर्पित संस्था नेपाल नियमित रक्तदाता संघ रुपन्देही र सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको सम्युक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ ।
‘जहाँ अस्पताल’ त्यहाँ रक्तदाता संघको समिति’ भन्ने मुलमन्त्रलाई साकार बनाउने अभियान अगाडी सारेको संस्थाले कुनै पनि अस्पतालका विरामीलाई रगतको आवश्यक पर्दाका बखत सोही स्थानको समितिले व्यवस्थापन गर्ने गरि काम अगाडी बढाएको संस्थाका उपाध्यक्ष लेखनाथ भण्डारीले बताउनु भयो ।
सोही अभियान अन्तर्गत निकट भविष्यमा चितवनमा संस्थाको समिति विस्तार गरि चितवनका विरामीलाई सोही समिति मार्फत रगतको व्यवस्थापन गर्ने योजना रहेको उपाध्यक्ष भडारीले बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले स्वास्थ्य साझेदारी कार्यक्रमवाट सामाजिक काम गर्ने संस्थाहरुलाई समेटेर सहयोग गर्ने बातावरण मिलाउने धारणा राख्नु भयो । पारदर्शी र सुशासनमा प्रतिवद्ध रहेका संस्थाहरुलाई प्रदेशका २० वटा सरकारी अस्पतालसंग सहकार्य गरि समन्वय गराउने र सोही अस्पतालहरुवाट आर्थिक सहयोग उपलब्ध गराउन सकिने भएकाले सोही अनुसार कार्ययोजना बनाएर पेस गर्न समेत मन्त्री श्रेष्ठले आह्वान गर्नु भयो ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओम गुरुङले विश्व सहकारी दिवशको अवसरमा मानविय सेवामा सहयोग गर्नुपर्छ भन्ने मान्यतालाई साकार बनाउन रक्तदाता संघसंग सहकार्य गरेको उल्लेख गर्नुभयो ।
समाजसेवी तथा संस्थाका प्रमुख सल्लाहकार विमल बहादुर शाक्यले स्व. सरोज सिलवाल वन्दीको मानविय सेवाभावले स्थापना गरिएको संस्थाले गरेका कामको सवैले अनुशरण गर्नुपर्ने धारणा राख्नु भयो ।
प्रसुती सेवाका लागि नेपालमै दोस्रो चांप रहेको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य बहादुर भटृराईले वार्षिक ५० हजार बढी महिला सो सेवा लिन अस्पतालमा आउने गरेको र रगत अधिक मात्रामा खपत गर्ने अस्पतालका रुपमा यो अस्पताल रहेको बताउनु भयो । अध्यक्ष भटृराईले रगत संकलन गर्ने महान कार्यमा लागेका संघ संस्थाहरुलाई बचाउने दायित्व अस्पतालको पनि भएकाले आगामी वजेटमा रकम विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
हरेक महिनाको तेस्रो शनिवार नियमित रुपमा रक्तदान गर्दै आएको संस्थाले दया सिलवालको अध्यक्षतामा गरिएको कार्यक्रममा १६७ युनिट रगत संकलन भएको सचिव महेश खनालले बताउनु भयो ।

≪ Previous Post

रोटरी तिलोत्तमाद्वारा मुख तथा दाँत स्वास्थ्य सम्बन्धि प्रशिक्षण

Next Post ≫

सञ्चार विधेयकका विरुद्ध पत्रकार महासंघ आन्दोलनमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क