बुटवल, १९ असार । रोटरी क्वव अफ तिलोत्तमा रुपन्देहीमा मुख तथा दाँत स्वास्थ्य सम्बन्धि प्रशिक्षण गरिएको छ । क्लवको पहिलो नियमित बैठकसंगै मुख र दाँत स्वास्थ्यको बारेमा प्रशिक्षण गरिएको हो ।
कार्यक्रममा दाँत तथा मुख स्वास्थ्यको बारेमा जानकारी गराउँदै अर्थो डेन्टिष्ट एसिस्टेन्ट प्रोफेसर डा. टिकाराम घिमिरेले दाँत तथा मुखमा हुने क्यान्सरको जोखिम कम गर्ने उपायहरु समेत बताउनु भएको थियो । अहिले कोरोना भाईरस संक्रमणको जोखिमका कारण बिरामीले समस्या घरमै राख्ने गरेको बताउँदै उहाँले सामान्य घरेलु उपाए अपनाउँदा पनि दाँत तथा मुख स्वास्थ्यलाई सुरक्षित राख्न सकिने बतउनु भयो ।
क्लवका नवनिर्वाचित अध्यक्ष विष्णुप्रसाद चापागाईले कोरोना संक्रमणको जोखिमका कारण मानिसले दाँत तथा मुख स्वास्थ्य लुकाएर राख्ने गरेको पाईएकोले त्यस सम्बन्धि प्रशिक्षण कार्यक्रम राखिएको जानकारी गराउनु भयो । उहाँले डाक्टरको सल्लाह अनुसार उपचार पद्धति अपनाउन पनि सबैलाई आग्रह गर्नुभयो ।
अध्यक्ष चापागाईले वर्षभरी गर्ने कार्यक्रमहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो । उहाँका अनुसार क्लवले यो वर्ष मुख्यतया कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण, पर्यावरण संरक्षणको लागि बृक्षारोपण, रगतको अभावमा रक्तदान र ग्रामिण क्षेत्रमा स्वास्थ्य शिबिर संचालन गर्ने लगायतका कार्यक्रम रहेका छन् ।
क्लवको वर्ष ०२१÷०२२ को लागि नवनिर्वाचित अध्यक्ष चापागाईलाई हालै पदहस्तान्तरण गरिएको थियो । पदभार ग्रहणसंगै उहाँको यो पहिलो कार्यक्रम हो । बैठकले अघिल्लो कार्यसमितिका अध्यक्ष गोपाल ज्ञवाली सहित पदाधिकारीहरुलाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।
कार्यक्रममा पूर्व अध्यक्षहरु बालकृष्ण अर्याल, खिमानन्द भुसाल, ओमप्रसाद अर्याल, क्लवका डाईरेक्टरहरु टिकाराम पाण्डे, शंकर पाण्डे, कोषाध्यक्ष देवीराम पाण्डे, सहसचिव अर्जुन आचार्य लगायले आआफ्ना धारणा राख्नुभएको थियो ।