Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ देवदहमा लागत घटाउन उत्पादन बढाउन प्रविधिमा अनुदान : प्रति विगाहा १० हजार अनुदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

देवदहमा लागत घटाउन उत्पादन बढाउन प्रविधिमा अनुदान : प्रति विगाहा १० हजार अनुदान

संसारपोस्ट संवाददाता · १९ असार २०७८ · 0
देवदहमा लागत घटाउन उत्पादन बढाउन प्रविधिमा अनुदान : प्रति विगाहा १० हजार अनुदान
130
SHARES
ShareTweet

देवदह, १९ असार । रुपन्देहीको देवदह नगरपालिकाले कृषि उत्पादन लागत घटाउन र उत्पादन बढाउनको लागि प्रविधिको प्रयोगमा अनुदानको नीति अख्तियार गरेको छ । नगरपालिकाले कृषिमा यान्त्रिकिकरणलाई प्रवद्र्धन गर्नुको साथै यान्त्रिकिकरणका माध्यमबाट उत्पादन लागत घटाउने र उत्पादन बढाउने नीति लिएको नगरप्रमुख हिराबहादुर खत्रीले बताउनु भयो ।
कृषिमा चक्लाबन्दिको नीति अख्तियार गरेको नगरपालिकाले चक्लाबन्दि गर्दा उपकरणको प्रयोगमा अनुदानको व्यबस्था गरेको छ । ‘कृषि उपकरण हलोको ठाउँमा ट्याक्टर आयो, धान गहुँ काट्न कम्पाईन मेसिन आयो, उपकरणले सहज त बनायो ।’ नगर प्रमुख खत्रीले भन्नुभयो–‘तर उत्पादन लागत कम गर्न र उत्पादन बढाउन सकिएन ।’
सानो सानो प्लटमा ठूला उपकरणको प्रयोगले उत्पादन लागत घटाउन र उत्पादन समेत बढाउन नसकिएको कारण नगरपालिकाले कृषिमा चक्लाबन्दिको नीति लिएको हो । जमिनको चक्लाबन्दिको लागि नगरपालिकाले अहिले दुई वटा ‘लेजर लेवलर’ मेसिन समेत ल्याएको छ भने जमिनको चक्लाबन्दि गर्ने किसानलाई प्रति विगाहा १० हजार रुपैयाँ अनुदानको व्यबस्था समेत गरेको छ ।
कम्युप्टरबाट मोनिटरिङ् हुने ‘लेजर लेवलर’ले जमिनको सबै भू–भाग बराबर लेवलमा मिलाउने हुनाले सबै भागमा समान सिंचाई हुन्छ । चक्लाबन्दिमा यान्त्रिकिकरणको प्रयोगले तुलनात्मक रुपमा समय समेत कम लाग्ने र लागत स्वत : कम लाग्ने तथा त्यसका माध्यमबाट उत्पादन समेत बढाउन सकिने प्रमुख खत्रीले बताउनु भयो ।
नगरपालिकाले कृषिलाई प्राथमिकता दिँदै प्रवद्र्धनका कार्यक्रम ल्याएको हो । ‘कृषिमा यान्त्रिकिकरणको प्रयोगबाट लागत घटाउन र उत्पादन बढाउन सोही अनुसार भूमिको व्यबस्थापन पनि आवश्यक पर्ने र कृषिमा उपकरणको प्रयोग गर्दा सजिलो र सस्तो पनि हुनुपर्यो । नगर प्रमुख खत्रीले भन्नुभयो –‘तर अहिलेकै अवस्थामा त्यो त्यति सम्भव देखिँदैन । खेतको डिजाईन पनि मिलेको छैन भने खेतको आकार पनि ठूलो बनाउनु पर्ने आवश्यक्ता छ । त्यसैको लागि नगरपालिकाले लेजर लेबलर मेसिन भित्र्याएको हो ।’
देवदह नगरपालिकामा अहिले कृषिमा यान्त्रिकिकरणको प्रयोग बढ्दै गएको छ । नगरभित्र अहिले मेसिनको प्रयोगबाट धान रोप्ने काम समेत सुरु गरिएको छ । उक्त मेसिन देवदहको उन्नति एग्रो फर्मले भित्र्याएको हो । धानरोप्ने मेसिन ‘एफआरआई’ बाट धान रोप्न सुरुवात गर्दै नगरप्रमुख खत्रीले लेजर लेवलरमा प्रति विगाहमा १० हजार अनुदान दिने घोषणा गर्नुभएको हो । यो मेसिनले एक पटकमा चारलाईन धान रोप्छ । उक्त मेसिनबाट एक घण्टामा १० कठ्ठासम्म धान रोप्न सकिने उन्नति एग्रो फार्मका सञ्चालक भेषराज पाण्डेले बताउनु भयो । उहाँका अनुसार त्यसको लागि धानको व्याड राख्ने पद्धति छुट्टै हुन्छ । त्यस्तै धानको बिउ सरदर १५ दिनको हुँदा रोप्नुपर्छ ।
यसरी धान रोप्दा धानले गाँज पनि बढी हाल्ने र बाला पनि लामो हुने उहाँले बताउनु भयो । यो प्रविधिबाट धान रोप्दा डेढ देखि दुई गुणा बढी उत्पादन हुने पाण्डेले बताउनु भयो । खेतको आकार ठूलो बनाउने र सम्मो मिलेको बनाउने हो भने पानीको सिंचाई, मलखाद, सबै कुरा सबै ठाउँमा समान रुपमा पुग्छ र उत्पादन पनि बढी गर्न सकिन्छ –उहाँले भन्नुभयो ।

≪ Previous Post

सञ्चार विधेयकका विरुद्ध पत्रकार महासंघ आन्दोलनमा

Next Post ≫

तिलोत्तमाका ५० जना किसानलाई लागत साझेदारीमा गाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क