Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ जि पी कोईरालाको जन्म जयन्तीमा जिपी फाउण्डेशनले मानव सेवा अश्रममा खाना खुवायो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जि पी कोईरालाको जन्म जयन्तीमा जिपी फाउण्डेशनले मानव सेवा अश्रममा खाना खुवायो

संसारपोस्ट संवाददाता · १९ असार २०७८ · 0
जि पी कोईरालाको जन्म जयन्तीमा जिपी फाउण्डेशनले मानव सेवा अश्रममा खाना खुवायो
120
SHARES
ShareTweet

बुटवल, १९ असार । नेपाली राजनीतिका शिखर पुरुष गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्म जयन्तीको अवसर पारेर जि पी कोईराला फाउण्डेशन जिल्ला समिति रुपन्देहीले बुटवल १० स्थित मानव सेवा आश्रममा अश्रीतहरुलाई खाना खुवाएको छ । कोरोनाको त्रास र जिल्लामा जारी निषेधाज्ञाका कारण अन्य राजनीतिक गतिविधि गर्ने वातावरण नरहेकाले मानविय सेवा र सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रममा रहेका आश्रीतहरुलाई खाना खुवाउने कार्यक्रम गरिएको फाउण्डेशनका रुपन्देही अध्यक्ष चिरन्जिवी पौडेलले बताउनु भयो ।
नेपाली राजनीतिमा सदा चर्चाको शिखरमा रहनुभएका कोईरालाको योगदानको स्मरण गर्दै फाउण्डेशनले आश्रममा रहेका १५१ जना अश्रीतहरुलाई विहानको एक छाक खाना खुवाएको अध्यक्ष पौडेलले बताउनु भयो ।
कोईरालाको ९८ औं जन्म जयन्तीको अवसरका मानव सेवा आश्रममा आयोजित संक्षिप्त कार्यक्रममा नेपाली काँग्रेस बुटवल उपमहानगर समिति सभापति खेलराज पाण्डेले कोईराला नेपाली राजनीतिक इतिहासमा देश र जनताका लागि आफ्नो जीवन समर्पित गर्ने व्यक्तित्वका रुपमा स्थापित नेता भएको बताउनु भयो । माओवादीको १० वर्षको जनयुद्धलाई समाप्त गर्दै १२ बुदे सम्झौता गरेर माओवादीलाई नेपालको राजनीति धारमा फर्काउन सफल युग पुरुष स्वर्गीय गिरिजा प्रसाद कोइरालाको अभाव सदा खट्किरहने उहांले बताउनु भयो ।
फाउण्डेशनका जिल्ला अध्यक्ष चिरन्जिवी पौडेलको सभापतित्व र सचिव छायाँ पोख्रेलको संचालनमा भएको कार्यक्रममा लामो समय गिरिजा प्रसाद कोईरालाको साथमा रहनुभएका काँग्रेस नेता गोकर्ण पौडेलले कोइरालाको अगुवाइमा आएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता अहिलेको संविधानले मुख्य उपलब्धिका रुपमा स्वीकार गरेको बताउनु भयो । कोइरालले भन्ने गरेको सहमति, सहकार्य र एकताको मार्गचित्र वाट मुलुक अगाडी बढ्न नसक्दा अहिले मुलुकमा अस्थिरता र अराजकताको वाटोतर्फ उन्मुख भएको उहांले बताउनु भयो ।
सो अवसरमा महासमिति सदस्य दिर्घवहादुर केसी, चित्र केसी, जिल्ला सदस्य हरित तिवारी, नेताहरु रामबहादुर कार्की, पर्शुराम ढकाल, नगर उपसभापति विमलराज भट्राई लगायतले आश्रममा रहेका आश्रीतहरुलाई खाना खुवाउने कार्यमा सहजीकरण गर्नुभएको थियो ।

≪ Previous Post

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख कुवँरलाई उवासंघमा स्वागत

Next Post ≫

कर्तब्य ज्यान मुद्धाका फरार अभियुक्त ३ बर्ष पछि पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क