Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख कुवँरलाई उवासंघमा स्वागत
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख कुवँरलाई उवासंघमा स्वागत

संसारपोस्ट संवाददाता · १८ असार २०७८ · 0
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख कुवँरलाई उवासंघमा स्वागत
80
SHARES
ShareTweet

बुटवल, १८ असार । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले ईलाका प्रहरी कार्यालय बुटवलका नवआगन्तुक प्रहरी नायव उपरिक्षक मदन कुवँरलाई स्वागत गरेको छ । संघ सचिवालयमा शुक्रबार कार्यक्रमको आयोजना गरि बुटवलका प्रहरी नायव उपरिक्षक कुवँर सहित संघमा मनोनित परामर्शदातालाई स्वागत गरिएको हो ।
संघले राजश्वतर्फ सिए हरि लम्साल, कानुनतर्फ बाबुराम पाण्डे, आर्थिकतर्फ राजेन्द्र वझा, वित्तियतर्फ प्रदिपकुमार श्रेष्ठ, कृषि तर्फ भिम पौडेल, स्वास्थ्यतर्फ डा. अवधेश तिवारी, शिक्षातर्फ आनन्दमान सिंह शाक्य, प्राविधिक शिक्षा तर्फ संस्थागत कोरिया नेपाल प्राविधिक शिक्षालयका प्रिन्सिपल, पर्यटन तर्फ महेन्द्र थापा र उद्योग÷औद्योगिक क्षेत्र प्रवद्र्धनतर्फ रत्नहरी गौतमलाई परामर्शदाता मनोनित गरेको छ ।
स्वागत कार्यक्रममा संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझाले ईलाका प्रहरी कार्यालयको स्थापनामा बुटवल उद्योग बाणिज्य संघको समेत भूमिका रहेको स्मरण गर्दै शान्ति सुरक्षा कायम गरेर व्यबसायिक वातावरण बनाउन आग्रह गर्नुभयो । त्यस्तैगरी परामर्शदाताहरुलाई समेत गहन अध्ययन र विश्लेषण गरेर संघमा परामर्श दिन उहांले आग्रह गर्नुभयो ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उद्योगी व्यबसायीहरुको हकहितसंगै यस क्षेत्रको शिक्षा, स्वास्थ्य तथा सामाजिक बिकासमा संघले गरेको योगदानको चर्चा गर्नुभयो । उहाँले कोरोना भाईरस संक्रमणको महामारीका कारण आर्थिक क्षेत्र चलायमान हुन नसकिरहेको उल्लेख गर्दै स्थानीय स्तरमा पनि व्यबसायिक वातावरण निर्माण गर्न आग्रह गर्नुभयो । अध्यक्ष कसजूले व्यबसायिक प्रतिष्ठानलाई टार्गेट गरेर चोरी तथा लुटपाटका घटना भईरहेको भन्दै शान्ति सुरक्षाको पाटोलाई प्रवल गराउन र व्यबसायिक वातावरण निर्माण गर्न आग्रह गर्नुभयो ।
ईलाका प्रहरी कार्यालय बुटवलका नवआगन्तुक प्रहरी नायव उपरिक्षक कुँवरले शान्ति सुव्यबस्था कायम गर्न तथा व्यबसायिक सुरक्षामा आफू पूर्ण प्रतिवद्ध रहेको बताउँदै त्यस्ता सूचना निसंकोच दिन आग्रह गर्नुभयो । ‘प्रहरीलाई विश्वास गर्नुहोस्, सूचना दिनुहोला ।’ उहाँले भन्नुभयो–‘सूचनाको गोपनियता कायम राख्नेछु ।’ प्रनाउ कुँवरले घटना घटिहाल्यो भने पनि त्यसको अनुसन्धानमा सिसिटिभी महत्वपूर्ण हुनेभन्दै हरेक प्रतिष्ठानमा सिसिटिभी जोड्ने अभियान सञ्चालन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा संघका सल्लाहाकार तथा पूर्व अध्यक्ष अर्जुनमान सैंजुले व्यबसायिक हकहित मात्रै नभएर संघले यस क्षेत्रको शिक्षा, स्वास्थ्य तथा सामाजिक बिकासमा योगदान दिएको बताउँदै व्यबसायीहरुको एकमात्रै माग व्यबसायिक वातावरण निर्माण होस भन्ने रहेको बताउनु भयो । कार्यक्रममा परामर्शदाता हरि लम्साल, संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव बिमलराज भट्टराई लगायतले भनाई राख्नुभएको थियो ।

≪ Previous Post

लायन्स देउरालीद्वारा मिर्गौला रोगीलाई आर्थिक सहयोग

Next Post ≫

जि पी कोईरालाको जन्म जयन्तीमा जिपी फाउण्डेशनले मानव सेवा अश्रममा खाना खुवायो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क