Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लायन्स देउरालीद्वारा मिर्गौला रोगीलाई आर्थिक सहयोग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लायन्स देउरालीद्वारा मिर्गौला रोगीलाई आर्थिक सहयोग

संसारपोस्ट संवाददाता · १७ असार २०७८ · 0
लायन्स देउरालीद्वारा मिर्गौला रोगीलाई आर्थिक सहयोग
60
SHARES
ShareTweet

बुटवल, १८ असार । अर्घाखाँची छत्रदेवका मिर्गौला रोगबाट पीडित एक युवाको उपचारका लागि लायन्स क्लब अफ बुटवल देउरालीले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । छत्रदेव गाउँपालिका–६ का १८ वर्षिय भोजराज पौडेललाई क्लबले बिहीबार बुटवलमा एक कार्यक्रमबीच ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मिर्गौलाको डायलासिस गराउंदै आएका पौडेलले क्लबको सहयोगले आफूलाई केही राहत भएको बताउनुभयो ।
यस्तै क्लबले बिहीबार नै मानव सेवा आश्रम बुटवलमा आश्रित एक सय जना भन्दा बढीलाई एक छाक खाना खुवाएको छ । लायन्स इन्टरनेशनलको ‘हङ्गर रिलिफ प्रोजेक्ट’ अन्तर्गत बेसहारा भई आश्रममा आश्रित व्यक्तिलाई खाना खुवाइएको क्लबले जनाएको छ । सोही कार्यक्रममा क्लबले लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी २ नेपालको द्वितीय भाइस गभर्नरमा हालै मात्र निर्वाचित नवराज न्यौपानेलाई सम्मान गरेको छ । सो कार्यक्रममा बोल्दै भाइस गभर्नर न्यौपानेले लायन्स क्लबमा आवद्ध सबैले निस्वार्थ भावले सामाजिक सेवाका क्षेत्रमा सक्दो योगदान गर्नुपर्नेमा जोड दिनुभयो । उहांले आफ्नो आम्दानीको निश्चित अंश समाज सेवामा खर्च गर्ने गरेको बताउनुभयो । सो कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक्ट चिफ एड्भाइजर उमंग देवकोटा, डिष्ट्रिक्ट एक्जुकेटिभ चिफ अर्जुनमान सैंजू, एरिया ४ चिफ जीवन गौतम, जोन चेयर पर्सन भोजराज पाण्डे र टिकाराम बन्जाडे, गाइडलाइनर गणेशप्रसाद भट्टराईले स्थापनाको छोटो अवधिमै लायन्स क्लब देउरालीले सामाजिक क्षेत्रमा धेरै काम गरेको भन्दै क्लवको प्रशंसा गर्नुभयो । क्लबका वर्ष २०२१।२२ का अध्यक्ष ज्ञानप्रसाद पौडेलले आफ्नो कार्यकालमा क्लबको छुट्टै अक्षयकोष स्थापना गरी ३० लाख रुपैयाँको कोष बनाउने घोषणा गर्नुभयो । उहांले आफ्नी आमा रेवतीकुमारी पौडेलको नाममा उक्त अक्षयकोषमा एक लाख एक हजार जम्मा गर्ने घोषणा गर्नुभयो । यस्तै आफ्नो कार्यकालमा महिला र पुरुषको दुई वटा लायन्स क्लब स्पोन्सर गर्ने,आचार संहिता निर्माण गरेर क्लबलाई अनुशासित र व्यवस्थित बनाउने, स्वास्थ्य शिविर सञ्चालन गर्ने, देउसी भैलो कार्यक्रम गरेर रकम जम्मा गर्ने, क्लबलाई सरकारी निकायमा दर्ता गरी संघ, प्रदेश र स्थानीय सरकारसंग सहकार्य गरेर कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिवद्धता जनाउनु भयो । रामप्रसाद गैरे र ललित पाण्डेको संयोजनमा भएको कार्यक्रम क्लबका सचिव कृष्णप्रसाद भण्डारीको सञ्चालन, तृतीय उपाध्यक्ष विष्णुप्रसाद अधिकारीको स्वागत र द्वितीय उपाध्यक्ष दीपक पन्थीको धन्यवाद ज्ञापनमा भएको थियो ।

≪ Previous Post

बुटवल–नारायणगढ सडक अवरुद्ध, गैंडाकोट थुम्सीको डाइभर्सन बाढीले बगायो

Next Post ≫

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख कुवँरलाई उवासंघमा स्वागत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क