रामकुमार श्रेष्ठ
नवलपुर, १७ असार । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकामा रहेका ४ वटा डाइभर्सन बाढीले बगाए पछि पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।
अविरल बर्षा पछिको बाढिले पूर्व पश्चिम राजमार्ग अन्तर्गतको गैंडाकोट थुम्सीको ४ वटा डाइभर्सन बगाएको छ भने अर्को पनि बगाउँदै गरेको छ । अहिले उक्त क्षेत्रमा मोटरसाइकल समेत चल्न नसक्ने गरी सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । विहान पौने १० बजेदेखि सडक अवरुद्ध भएको हो ।
सडकदेखि उत्तरतर्फको भुभाग समेत डुबानमा परेपछि उत्तरतर्फको भुभाग पानीको सतह नघटेका कारण अझै सडकमा डाइभर्सन मर्मत शुरु हुन सकेको छैन ।