Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लायन्स क्लव अफ बुटवलमा पदहस्तान्तरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लायन्स क्लव अफ बुटवलमा पदहस्तान्तरण

संसारपोस्ट संवाददाता · १६ असार २०७८ · 0
लायन्स क्लव अफ बुटवलमा पदहस्तान्तरण
50
SHARES
ShareTweet

बुटवल, १६ असार । लायन्स क्लव अफ बुटवलमा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । बुधबार क्लवमा एक कार्यक्रमको आयोजना गरि वर्ष २०२०÷०२१ का अध्यक्ष संजय कलवार जयसवालले वर्ष ०२१÷०२२ को लागि नवनिर्वाचित अध्यक्ष लोकप्रसाद खरेललाई पद हस्तान्तरण गर्नुभएको हो ।
त्यस अवसमा बोल्दै लायन्स क्लवका भाईस गभर्नर नवराज न्यौपानेले लायन्स क्लव अफ बुटवलको कृयाकलापले लायन्स ईन्टरनेशनलकै साख बढाएको बताउनु भयो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष खरेलले क्लवका पुराना कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दै दुर्गममा हाम्रो गाउँ, प्रभावकारी स्वास्थ्य शिबिर सहितका कार्यक्रम सञ्चालन जानकारी गराउनु भयो ।
त्यस्तै अध्यक्ष जयसवालले कोभिड महामारीको कारण भौतिक उपस्थितिमा प्रयाप्त कार्यक्रम गर्न नसकिए पनि गरेका कार्यक्रम प्रभावकारी भएको बताउनु भएको थियो । कोरोना भाईरस महामारीका कारण सञ्चालन गर्न नसकिएका कार्यक्रमलाई आगामी वर्ष निरन्तरता दिन समेत उहाँले आग्रह गर्नुभएको थियो ।
त्यस अवसरमा डिष्ट्रिक एड्भाईजर तथा क्लवका पुर्व अध्यक्ष अर्जुनमान सैजु, अस्पतालका अध्यक्ष तथा क्लवका पुर्व अध्यक्ष रामेश्वर श्रेष्ठ, पुर्वअध्यक्ष मधुसुधनलाल श्रेष्ठ, इभ्यालुसन हेड बिनोद खरेल, एरिया चिफ सन्दिप कसौधन, रिजन चियरप्रसन तथा क्लवका पुर्व अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, लायनेश क्लव अफ बुटवलकी अध्यक्ष मिश्रा श्रेष्ठ, लियो क्लव अफ बुटवलका अध्यक्ष हिमालय भुसाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम सचिव प्रतिक पोखरेल र प्रदिप शाक्यको सञ्चालनमा भएको थियो ।

≪ Previous Post

बुटवल लायन्स आँखा अस्पतालमा अक्सिजन बैंक सञ्चालन

Next Post ≫

रोटरीद्वारा इलाका प्रहरी कार्यालय बुटवललाई स्वास्थ्य सामग्री

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क