Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल लायन्स आँखा अस्पतालमा अक्सिजन बैंक सञ्चालन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल लायन्स आँखा अस्पतालमा अक्सिजन बैंक सञ्चालन

संसारपोस्ट संवाददाता · १६ असार २०७८ · 0
बुटवल लायन्स आँखा अस्पतालमा अक्सिजन बैंक सञ्चालन
70
SHARES
ShareTweet

बुटवल, १६ असार । लायन्स आँखा अस्पताल बुटवलमा अक्सिजन बैंक स्थापना गरिएको छ । कोरोना भाईरस महामारीको दोस्रो संक्रमण बढेसंगै संक्रमितले अक्सिजनको अभावमा ज्यान गुमाउनु परेकाले फेरी त्यस्तो परिस्थिति व्यहोर्नु नपरोस भनेर अस्पतालमा अक्सिजन बैंक सञ्चालन गरिएको हो ।
कोभिड–१९ को दोस्रो भेरियन्ट क्रमशः घट्दै गएपनि सम्भावित तेस्रो भेरियन्टको सम्भावित जोखम बहन गर्न सहज होस भन्ने उद्देश्यले सञ्चालन गरिएको अक्सिजन बैंकको लागि नेपालकै प्रतिष्ठित कम्पनि ‘जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिज’ले ३ लाख २५ हजार रुपैयां आर्थिक सहयोग गरेको अस्पताल सञ्चालन गरेको लायन्स क्लव अफ बुटवलले जनाएको छ ।
कोरोना महामारीकै बिचमा उक्त क्लवले लायन्स ईन्टरनेशनल क्षेत्र घ र बुटवल उपमहानगरपालिकाले संयुक्त रुपमा सञ्चालन गरेको अक्सिजन बैंकमा अक्सिजन सहयोग गरेको थियो भने अस्पतालमा भर्ना भएर अक्सिजन नपाएका बिरामीको लागि समेत अक्सिजन आपूर्तिको लागि मध्यस्थता गरिएको क्लवका अध्यक्ष संजय कलवार जयसवालले जानकारी गराउनु भयो ।
हालैमात्र स्थापना गरिएको उक्त अक्सिजन बैंकमा कम्तिमा एक सय सिलिण्डर अक्सिजन पु¥याउने लक्ष्य लिईएको छ । जसको लागि लायन्स, लायनेश र लियो क्लव अफ बुटवलले नेतृत्व गरेका छन् । उक्त कुरा बुधबार आयोजना गरिएको क्लवको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण समारोहमा जानकारी गराईएको हो ।
त्यस अवसरमा क्लवले दुई जना महिलालाई महिला उद्यमशिलता प्रवद्र्धनको लागि जनही २५ हजार रुपैयां प्रदान गरेको छ । गणेशमान सैंजु समृद्धिको लागि उद्यमशिलता कार्यक्रम अन्तरगत बुटवल उपमहानगरपालिका वडा नं. २ की सविता जिसी र बुटवल १ की विद्यालक्ष्मी शाक्यलाई अक्षयकोषबाट उक्त रकम प्रदान गरिएको हो । क्लवले विगत ५ वर्षदेखि उनीहरुलाई वार्षिक २५ हजार रुपैयां प्रदान गर्दै आएको छ ।
त्यस्तैगरी बृजनयन महिला अक्षयकोष कार्यक्रम अन्तरगत गरिव तथा विपन्न महिलाको मोतियाविन्दु शल्यक्रियाको लागि १० हजार रुपैंया प्रदान गरिएको छ । अक्षयकोषमा रहेको रकमको आउने व्याज गरिव तथा विपन्न महिलाको मोतिया विन्दु शल्यक्रियाको लागि लायन्स आँखा अस्पतालका अध्यक्ष रामेश्वरप्रसाद श्रेष्ठलाई प्रदान गरिएको हो ।

≪ Previous Post

तिलोत्तमाका सडक\चोकमा कोरोना परीक्षण

Next Post ≫

लायन्स क्लव अफ बुटवलमा पदहस्तान्तरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क