Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाका सडक\चोकमा कोरोना परीक्षण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाका सडक\चोकमा कोरोना परीक्षण

संसारपोस्ट संवाददाता · १६ असार २०७८ · 0
तिलोत्तमाका सडक\चोकमा कोरोना परीक्षण
40
SHARES
ShareTweet

तिलोत्तमा, १६ असार । तिलोत्तमा नगरपालिकाले नगरका प्रमुख सडक तथा चोकमा निःशुल्क कोरोना संक्रमण परीक्षण सुरु गरेको छ । लकडाउन खुकुलो भए पनि कोरोना संक्रमणको जोखिम कायमैं रहेको भन्दै नगरपालिकाले संक्रमणको चेन ब्रेक गर्न कोरोना परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको हो । ‘सडक एन्टिजन टेष्ट’ नाम दिइएको कोरोना परीक्षण कार्यक्रमको बुधबार मणिग्राम चोकमा सुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले कोरोना महामारी पूर्णतः नहटेकोले सचेतना अपनाउन नगरबासीलाई अनुरोध गर्नुभयो ।
व्यक्तिको हेलचेक्र्यार्इँले समुदायमा पुनः महामारी फैलन सक्नेप्रति सचेत गराउँदै नगर प्रमुख घिमिरेले दैनिक कार्यसम्पादनमा स्वास्थ्य सुरक्षा मापदण्ड परिपालनामा जोड दिनुभयो । यसअघि प्रत्येक वडामा कोरोना परीक्षण गरेको तिलोत्तमा नगरपालिकाले बुधबारबाट सडकमैं एन्टिजन परीक्षण सुरु गरेको हो ।
कोरोना फोकल पर्सन केशव भट्टराईले क्रमशः नगरका प्रमुख सडक चोकहरुमा एन्टिजन परीक्षण गरिने जानकारी दिनुभयो । बुधबारको परीक्षणमा ११४ जनाको नमूना संकलन गर्दा १३ जनामा कोरोना देखिएको थियो । सडकमा हिँडेकाहरु मध्येबाट नमूनाको रुपमा कृषक, व्यवसायी, विद्यार्थी, गृहिणी, चालक सहचालकलगायतको कोरोना परीक्षण गरिएको थियो । एन्टिजन परीक्षणबाट व्यक्तिमा कोरोना संक्रमण भएको वा नभएको तत्काल थाहा हुन्छ ।
पछिल्लो समय समुदायस्तरमा परीक्षण कम हुँदा संक्रमण घटेको हुन सक्ने आशंका भैरहँदा तिलोत्तमाले परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको हो । यो परीक्षणले नगरपालिकामा कोरोना संक्रमणको वास्तविक अवस्था बाहिर ल्याउने र यसबाट महामारी नियन्त्रणका लागि आवश्यक थप योजना बनाउन सकिने नगरपालिकाका कोरोना फोकल पर्सन भट्टराईले बताउनुभयो ।

≪ Previous Post

कार दुर्घघटनामा काँग्रेस नेता चन्द्र भण्डारीका भाइको मृत्यु

Next Post ≫

बुटवल लायन्स आँखा अस्पतालमा अक्सिजन बैंक सञ्चालन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क