Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शँकरनगर वनवाटिकामा इ लर्निङ एण्ड साइन्स थिएटर स्थापना
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शँकरनगर वनवाटिकामा इ लर्निङ एण्ड साइन्स थिएटर स्थापना

संसारपोस्ट संवाददाता · १५ असार २०७८ · 0
शँकरनगर वनवाटिकामा इ लर्निङ एण्ड साइन्स थिएटर स्थापना
80
SHARES
ShareTweet

तिलोत्तमा, १५ असार । तिलोत्तमा नगरपालिकाको शँकरनगर स्थित वन विहार तथा अनुसन्धान केन्द्र (वाटिका) मा यस क्षेत्रको लागि नयाँ ई—लर्निङ एण्ड साइन्स थिएटर स्थापना भएको छ । रोटरी क्लव अफ बुटवलले तिलोत्तमा नगरपालिका र शँकरनगर वनविहार तथा अनुसन्धान केन्द्रसँगको सहकार्यमा निर्माण गरेको थिएटरको नगर प्रमुख बासुदेव घिमिरेले उदघाटन गर्नुभयो ।
विशेषगरी विद्यार्थीहरुका लागि बढी उपयोगी मानिएको ई—लर्निङ एण्ड साइन्स थिएटरले नयाँ प्रविधिप्रति युवाहरुको आकर्षण थप बढाउने विश्वास गरिएको छ । करिव १६ फूटको लम्बाई र झण्डै ९ फूट चौडाइको स्क्रिनिङ रहेको प्रोजेक्टमा ठूला ठूला सेमिनार, गोष्ठी, तालिमहरु सञ्चालन गर्न, विभिन्न खेलकूद प्रतियोगिताहरु अवलोकन गर्न र समग्र पृथ्वीको बारेमा समेत प्रविधिको माध्यमबाट अध्ययन अवलोकन गर्न उपयोगी हुने छ । क्लवले यो प्रविधि चाइनाबाट भित्र्याएको हो । यसबाट डिजिटल सिकाइका नयाँ प्लाटफर्मको विकास समेत भएको छ । क्लवका अध्यक्ष सुनिल श्रेष्ठले करिव ४५ लाखको लागतमा यो प्रोजेक्ट स्थापना भएको जानकारी गराउनु भयो । आफ्नो कार्यकालमा चारवटा महत्वपूर्ण प्रोजेक्ट अगाडि सारेकोमा लुम्बिनी प्रादेशिक अस्पतालमा स्थापना गर्ने भनिएको क्यान्सर स्क्रिनिंग सेन्टर र ब्लड कलेक्शन मोवाइल भ्यान छिटै नै सञ्चालनमा आउने पनि उहांले बताउनु भयो ।
थिएटरको उदघाटन गर्दै नगरप्रमुख घिमिरेले यसले युवा पुस्तामा नयाँ प्रविधिको समेत विकासमा सघाउ पुर्याउने भन्दै यसको सञ्चालनको लागि आगामी दिनमा नगरपालिका आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो । क्लवका एजी राजेन्द्र लम्सालले यसको स्थापनाले वनवाटिका प्रविधिमैत्री केन्द्र बनेको बताउनु भयो ।
क्लवका पुर्व अध्यक्ष एवं वर्ष २०२३–२४ का डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले ई—लर्निङ एण्ड साइन्स थिएटरको स्थापनाले प्रतिकूल अवस्थामा रहेको पर्यटन क्षेत्रलाई पनि चलायमान बनाउन सघाउ पुर्याउने उल्लेख गर्नुभयो ।
कार्यक्रममा क्लवका एजी खिमानन्द भुसाल, शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्मा, क्लवका सचिव रोम शर्मा, कोषाध्यक्ष खिमनारायण पराजुलीलगायतले ई—लर्निङ एण्ड साइन्स थिएटरको बारेमा आ आफ्नो धारणा राख्नुभएको थियो ।

≪ Previous Post

रोटरी क्लव अफ बुटवलका दुई ग्लोबल ग्रान्ट : दुइ प्रोजेक्ट सम्पन्न, दुई प्रक्रियामा

Next Post ≫

रोटरी क्लव अफ बुटवलद्वारा आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क