Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोटरी क्लव अफ बुटवलका दुई ग्लोबल ग्रान्ट : दुइ प्रोजेक्ट सम्पन्न, दुई प्रक्रियामा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरी क्लव अफ बुटवलका दुई ग्लोबल ग्रान्ट : दुइ प्रोजेक्ट सम्पन्न, दुई प्रक्रियामा

संसारपोस्ट संवाददाता · १५ असार २०७८ · 0
रोटरी क्लव अफ बुटवलका दुई ग्लोबल ग्रान्ट : दुइ प्रोजेक्ट सम्पन्न, दुई प्रक्रियामा
130
SHARES
ShareTweet

बुटवल, १५ असार । रोटरी क्लव अफ बुटवलले वर्ष २०२०–२१ मा ग्लोबल ग्रान्ट अन्तर्गत दुईवटा परियोजना शुभारम्भ गरेको छ । परियोजनाबारे जानकारी दिन बुटवलमा आयोजित पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष सुनिल श्रेष्ठले ग्लोबल ग्रान्ट अन्तर्गत सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा अक्सिजन प्लान्ट स्थापना र शंकरनगर वनवाटिकामा इ लर्निंग एण्ड साइन्स थिएटर सञ्चालनमा आएको जानकारी गराउनु भयो । उहांले ब्लड कलेक्शन मोवाइल भ्यान एक डेढ महिनाभित्रै सञ्चालनमा आउने र लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्यान्सर स्क्रिनिंग सेन्टर स्थापनाको प्रक्रिया अघि बढेकाले निकट भविष्यमै यो परियोजना पनि सञ्चालनमा आउने बताउनुभयो । सञ्चालनमा आएका दुईवटा परियोजनामा रोटरीले एक करोड भन्दा बढी लगानी गरेको र मोवाइल कलेक्शन भ्यानका लागि ६० लाख लगानी रहेको उहांले जानकारी गराउनु भयो ।
कार्यक्रमको उद्घाटन भर्चुअल रुपमा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का वर्ष २०२०–२१ का डिष्ट्रिक गभर्नर राजिव पोखरेलले गर्नुभएको थियो ।
त्यस अवसरमा बोल्दै डिष्ट्रिक गभर्नर पोखरेलले रोटरी क्लव अफ बुटवल रिजन फाइभमै पहिलो नम्बरमा आउन सफल भएको भन्दै यो वर्ष पनि क्लवले महत्वपूर्ण सफलता हासिल गरेको बताउनु भयो । ग्लोबल ग्रान्ट अन्तर्गत दुईवटा महत्वपूर्ण परिजोजना सम्पन्न गरेकोमा क्लवलाई धन्यवाद दिंदै यसले सफलताको उचाई अरु बढाएको उल्लेख गर्नुभयो । कार्यक्रममा क्लवका वर्ष २०२३–२४ का डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजू, क्लवका पुर्व अध्यक्ष एवं क्लव मेन्टर कृष्णप्रसाद अर्याल, एजी खिमानन्द भुसाल र राजेन्द्र लम्साल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, क्लवका पुर्व अध्यक्ष नारायण प्रसाद पन्थ, सचिव रोम शर्मा, कोषाध्यक्ष खिमनारायण पराजुली लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।
त्यस अवसरमा रोटरी क्लव अफ बुटवलले पत्रकार महासंघ रुपन्देहीलाई स्वास्थ्य सामग्री अन्तर्गत मास्क र सेनिटाइजर प्रदान गरेको थियो ।

≪ Previous Post

राष्ट्र बैंकलाई ब्यवसायीको सुझाव : नीजि क्षेत्रलाई मौद्रिक नीति मार्फत सम्बोधन गरियोस्

Next Post ≫

शँकरनगर वनवाटिकामा इ लर्निङ एण्ड साइन्स थिएटर स्थापना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क