Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बुटवलमा शिक्षामन्त्रीको राजिनामा माग गर्दै पुत्ला दहन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा शिक्षामन्त्रीको राजिनामा माग गर्दै पुत्ला दहन

संसारपोस्ट संवाददाता · १४ असार २०७८ · 0
बुटवलमा शिक्षामन्त्रीको राजिनामा माग गर्दै पुत्ला दहन
70
SHARES
ShareTweet

बुटवल, १४ असार । रुपन्देहीको बुटवलमा दलित समुदायले शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको सोमबार पुत्ला दहन गरेका छन् । जातीय भेदभाव तथा छुवाछुत जस्तो सरकारबादी मुद्धाका अभियुक्त छुटाउन सरकारी दलबदल सहित गएको भन्दै मन्त्री श्रेष्ठको राजीनामा माग गर्दै उनीहरुले पुत्ला दहन गरेका हुन् । संयुक्त दलित संघर्ष समिति रुपन्देहीले बुटवलको पुष्पलाल पार्कमा शिक्षामन्त्रीको पुत्ला दहन गर्दै जातीय भेदभाव विरुद्ध प्रदर्शन गरेको हो ।
जात व्यवस्था अन्त्य गर, मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर, सम्पूर्ण दलित एक हौं, जात व्यवस्था बचाउने सरकार मुर्दावाद जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
सञ्चारकर्मी रुपा सुनारले जातकै कारण कोठा भाडामा नपाएको भन्दै काठमाडौं बबरमहलकी सरस्वती प्रधान विरुद्ध कारवाही माग गर्दै उजुरी दर्ता गरेकी थिईन । कोठा नदिएको सरकारबादी मुद्धालाई आरक्षसँग तुलना गरेर बौद्धिक तप्कानै उत्रेकोमा समेत प्रदर्शनमा आपत्ति जनाउँदै जात व्यवस्था अन्त्य नगरे देशमा युद्ध हुने चेतावनी उनीहरुले दिएका छन् ।
संयुक्त दलित संघर्ष समिति रुपन्देहीका अध्यक्ष हरिओम विश्वकर्माले देशमा गणतन्त्र स्थापना हुँदासम्म पनि जातीय भेदभाव अन्त्य नभएकोमा आक्रोश पोख्दै ९९ प्रतिशत दलित समुदायले कोठा भाडा नपाउने समस्या भएकोले मनुवादी समाज परिवर्तन गर्ने अभियानमा लाग्न अपिल गर्नुभयो ।
बुटवल पुष्पलाल पार्कदेखि नाराबाजी गर्दै ट्राफिकचौकमा सभा भएको थियो । दलित संघ रुपन्देहीका अध्यक्ष रवि विश्वकर्माले जातका आधारमा विभेद हुनेक्रम नरोकिएकाले एकिकृत आन्दोलन गर्नुपर्ने बताउनुभयो । दलित समुदायमाथि भेदभाव हुँदा सिंगो राज्य शक्ति दलितका विरुद्ध लागिपरेको दलित अभियन्ता नरबहादुर सुनारले आरोप लगाउनु भयो । सो अवसरमा दलित नेता ओम प्रकाश विश्वकर्मा, जीवन परियार लगायतले बोल्दै जातीय भेदभाव विरुद्ध सशक्त रुपमा प्रतिरोधमा उत्रने चेतावनी दिनुभयो ।
जातकै कारण कोठा भाडामा नदिएर अपमान गरेको आरोपमा प्रहरी थुनामा रहेकी घरबेटी सरस्वती प्रधानलाई मन्त्री श्रेष्ठले आफ्नै गाडीमा लगेपछि देशैभर विरोध प्रदर्शन भएको छ । जातका आधारमा हुने भेदभावलाई सरकारले नै संरक्षण गरेको दलित अभियन्ताहरुको आरोप छ ।

≪ Previous Post

छ महिनादेखि वेपत्ता रुपन्देही चरङ्गेका युवकको भारतवाट उद्धार

Next Post ≫

आज असार १५, राष्ट्रिय धान दिवस र दही चिउरा खाने दिन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क