Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ छ महिनादेखि वेपत्ता रुपन्देही चरङ्गेका युवकको भारतवाट उद्धार
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

छ महिनादेखि वेपत्ता रुपन्देही चरङ्गेका युवकको भारतवाट उद्धार

संसारपोस्ट संवाददाता · १३ असार २०७८ · 0
छ महिनादेखि वेपत्ता रुपन्देही चरङ्गेका युवकको  भारतवाट उद्धार
90
SHARES
ShareTweet

बुटवल, १३ असार । छिमेकी मुलुक भारतमा अलपत्र परेका रुपन्देहीको देवदह नगरपालिका चरङ्गेका एक युवकको ६ महिना पछि उद्वार गरिएको छ ।
घर परिवारबाट माया नपाएपछि ६ महिना अघि घरबाट हिडेका रुपन्देहीको देवदह नगरपालिका चरङ्गेका १७ बर्षीय अबिनास सुनार भौतारिदै भारत पुगेका थिए । भारतमा बालबालिकाको क्षेत्रमा काम गर्ने प्रवासी नेपाली मित्र मञ्चको सहयोगमा मानव कल्याण मित्र मञ्च नेपालले भारतको बनारसबाट उनको उद्वार गरेको हो । भारतको बनारस स्थित न्यायपीठ बालकल्याण समितिमा रहेका सुनारलाई उद्वार गरी आइतबार घर परिवारलाई बुझाईएको छ ।
२०७७ साल पुष २३ गते देखि हराएका र भारतमा अलपत्र परेका अविनास सुनार भारतको बालगृहमा रहेको थाहा पाएपछि नेपाली राजदुतावासको समन्वयमा उद्वार गरी प्रवासी नेपाली मित्र मन्चको सहयोगमा मानव कल्याण मित्र मञ्च नेपाललाई जिम्मा लगाइएको प्रवासी नेपाली मित्र मञ्चका अध्यक्ष विष्णुप्रसाद खनालले बताउनुभयो ।
प्रवासी नेपाली मित्र मञ्चका अध्यक्ष खनाल र मञ्चका संरक्षक शेयरसिंह जिम्मालले उद्वार गरिएका सुनारलाई नेपाल लिएर आउनु भएको थियो । उद्वार गरी ल्याइएका सुनारलाई आइतबार देवदह नगरपालिका वडा नम्बर १० का कार्यबाहक वडा अध्यक्ष रेनुका आले मगर, वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी हवल्दार मेहरमान विक, स्थानीय र सञ्चारकर्मीको रोहवरमा बालकका बुवा अमर सुनारलाई बुझाईएको हो । घरमा आमा र बुवाको सम्बन्ध विच्छेद भएको अवस्थामा अभिभावकको मायां नपाएपछि सानी आमालाई खोज्दै आफु भारत पुगेको र भाषा तथा आर्थिक समस्याका कारण भारतमै अलपत्र परेर नेपाल फर्कन नसकेको अविनास सुनारले बताएका छन् ।
बिभिन्न कारणले भारतमा अलपत्र परेका र हराएका नेपालीको उद्वार गरी नेपाल ल्याएर सम्बन्धित व्यक्तिको घरपरिवारलाई बुझाउने गरिएको मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बताउनुभयो ।
हराएको आफ्नो छोरा फेलापारी घरसम्म ल्याईदिएकोमा सुनारका बुवा अमर सुनारले मानव कल्याण मित्र मञ्च र प्रवासी नेपाली मित्रमञ्चलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यसप्रकारका सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

≪ Previous Post

७१ बर्षीय वृद्ध मकैबारीमा मृत भेटिए

Next Post ≫

बुटवलमा शिक्षामन्त्रीको राजिनामा माग गर्दै पुत्ला दहन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क