नवलपुर, १३ असार । पूर्वी नवलपरासीमा ७१ बर्षीय जेष्ठ नागरिक मकैबारीमा मृत भेटिएका छन् ।
शनिबारराति कावासोती १७ ढोकी निवासी ७१ बर्षीय भोलानाथ चौधरी आफ्नै घरदेखि केही पर मकै बारीमा मृत भेटिएका हुन् । उनको शव पोष्टमाटर्मका लागि पठाइएको र घटनाको अनुसन्धान भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।