Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोहिणी गाउँपालिकामा ब्यक्तिगत घटना दर्ता शिविर सञ्चालन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोहिणी गाउँपालिकामा ब्यक्तिगत घटना दर्ता शिविर सञ्चालन

संसारपोस्ट संवाददाता · १२ असार २०७८ · 0
रोहिणी गाउँपालिकामा ब्यक्तिगत घटना दर्ता शिविर सञ्चालन
70
SHARES
ShareTweet

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले ब्यक्तिगत घटना दर्ता (जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, बसाई सराई र सम्बन्ध बिच्छेद ) शिविर सञ्चालन सुरु गरेको छ । गाउँपालिकाले प्रत्येक वडामा ३\३ दिनको दरले टोलमै पुगेर ब्यक्तिगत घटना दर्ता गर्ने जनाएको छ ।
अझै पनि कतिपय गाउँपालिकाबासीहरु काम परे मात्र ब्यक्तिगत घटना दर्ता गर्ने गरेको कारण शिविरबाट समयमै घटना दर्ता गर्न सचेतना समेत फैलाउने रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले बताउनु भयो । उहांले पालिकाको प्रत्येक वडाको ३ वटा टोलमा ३ दिन सम्म कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो । यसले अहिले सम्म वडा सम्म पनि नपुगेका नागरिकलाई ब्यक्तिगत घटना दर्ता मात्र नभई यसबारे सचेतीकरण समेत हुने यादवको तर्क छ । उहांले गाउँपालिकाको कुल २१ स्थानमा असार १९ गते सम्म कार्यक्रम सञ्चालन हुने बताउनु भयो । शिविरमा ब्यक्तिगत घटना दर्ता मात्र नभई सामाजिक सुरक्षा समेत दर्ता गरिने उहांले बताउनुभयो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागद्वारा आयोजित राष्ट्रव्यापी ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता अनुसार गाउँपालिकाले टोलटोलमै सेवा दिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेले दिएको जानकारी अनुसार असार ११ गते रोहिणी गाउँपालिका वडा नमबर १ को वगहाबाट शिविर सुरु भएको छ । बिहान १० बजेदेखि ५ बजे सम्म सञ्चालन हुने शिविर वगाहा माविमा ११ गते देखि १३ गते सम्म हुनेछ । यस्तै वडा नम्बर १ कै चनुली सामुदायिक अध्ययन केन्द्रको भवनमा १४ गते देखि १६ गते सम्म र बेनीपुरमा १७ गते देखि १९ गते सम्म सञ्चालन हुदैछ ।
त्यस्तै रोहिणी गाउँपालिका वडा नम्बर २ को पोखरभिण्डी माविमा ११ गते देखि १३ गते सम्म श्रीराम आधारभूत बिद्यालयमा १४ गते देखि १६ गते सम्म र बैकुण्ठपुर बोर्डिङ स्कूलमा १७ गते देखि १९ गते सम्म सञ्चालन गरिदैछ । वडा नम्बर ३ को राम नरेश माविमा ११ गते देखि १३ गते सम्म, परासीझुंगा जनचेतना प्राविमा १४ गते देखि १६ गते सम्म र सिसहनिया पर्ति टोल बालविकास टोलमा १७ गते देखि १९ गते सम्म शिविर सञ्चालन हुनेछ ।
वडा नम्बर ४ को छिपागढ माविमा ११ गते देखि १३ गते सम्म, औरहवा आधारभूत बिद्यालयमा १४ गते देखि १६ गते सम्म र सेमरा धर्मशालामा १७ गते देखि १९ गते सम्म शिविर सञ्चालन हुने प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले जानकारी दिनुभयो । वडा नम्बर ५ को पिपरहवा माविमा ११ गते देखि १३ गते सम्म बरवामा १४ गते देखि १६ गते सम्म र तरकुलाहा धर्मशालामा १७ गते देखि १९ गते सम्म तथा वडा नम्बर ६ को पर्सा आधारभूत बिद्यालयमा ११ गते देखि १३ गते सम्म शिविर संचालन हुने छ । यस्तै बोदवार माविमा १४ गते देखि १६ गते सम्म र ललितपुर मदरसामा १७ गते देखि १९ गते सम्म शिविर रहनेछ । वडा नम्बर ७ मा पनि असार ११ गते देखि १३ गते सम्म पजरकट्टि माविमा, १४ गते देखि १६ गते सम्म सरस्वती आधारभूत बिद्यालय र १७ गते देखि १९ गते सम्म पोखरभिण्डी मदरसामा शिविर सञ्चालन हुने छ ।
गाउँपालिकाले अहिले भर्ना अभियान समेत सुरु गरेकोले शिविरले बालबालिका बिद्यालय भर्ना अभियानमा समेत सहयोग पुग्ने तथा लकडाउनका कारण प्रभावित बनेको वडाको सेवामा पनि यसले केही सहज पार्ने अपेक्षा राखिएको छ । वडामा पुगेर लिने सेवा नागरिकको घरदैलोमै पुगेको कारण यसबाट धेरै भन्दा धेरै नागरिक लाभान्वित हुन गाउँपालिकाले आव्हान गरेको छ ।

≪ Previous Post

अतिरिक्त शुल्क फिर्ता गर्न अभिभावक महासंघको माग

Next Post ≫

७१ बर्षीय वृद्ध मकैबारीमा मृत भेटिए

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क