Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अतिरिक्त शुल्क फिर्ता गर्न अभिभावक महासंघको माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अतिरिक्त शुल्क फिर्ता गर्न अभिभावक महासंघको माग

संसारपोस्ट संवाददाता · १२ असार २०७८ · 0
अतिरिक्त शुल्क फिर्ता गर्न अभिभावक महासंघको माग
70
SHARES
ShareTweet

बुटवल । रुपन्देहीका केही निजी विद्यालयहरुले अनलाईन कक्षा शुल्क बाहेक अन्य अतिरिक्त शुल्क विद्यार्थीबाट लिएको भन्दै नेपाल अभिभावक महासंघले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
कोरोना महामारी र त्यसपछि संचालन भएका निजी विद्यालयहरुले चर्काे शुल्क लिएको र भौतिक रुपमा विद्यालयमा उपस्थित नभएका विद्यार्थीबाट कम्प्युटर, नृत्य, यातायात लगायतको शुल्क लिएको प्रति अभिभावक महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली तथा लुम्विनी प्रदेश अध्यक्ष हेमबहादुर थापाले संयुक्त रुपमा विज्ञप्ती निकालेर निजी विद्यालयले अतिरिक्त विषयमा विद्यार्थीबाट लिएको शुल्क अविलम्ब फिर्ता गर्न माग गर्नु भएको छ । जारी विज्ञप्तीमा भनिएको छ, एकातर्फ निजी विद्यालयले अतिरिक्त शुल्क लिने र अर्काेतर्फ अघिल्लो कक्षामा उत्तिर्ण भएका विद्यार्थीहरुलाई मार्कसीट र चरित्र सर्टिफिकेट नदिने तथा आफ्नै विद्यालयमा जवरजस्ती भर्ना गर्न बाध्य बनाउने कार्यले अभिभावक महासंघको ध्यानाकर्षण भएको उल्लेख छ ।
निजी तथा संस्थागत विद्यालयले नियम विपरित चर्काे शुल्क लिएको र त्यसलाई सच्चाउन पनि महासंघले माग गरेको छ । निजि विद्यालयले उक्त निर्णयलाई नसच्चाए आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने महासंघले चेतावनी दिएको छ । नयाँ शैक्षिक सत्रसंगै आवश्यक पर्ने पाठ्यपुस्तकहरु सहज र सुलभ रुपमा विद्यार्थीले प्राप्त गर्ने वातावरण मिलाउन समेत महासंघले माग गरेको छ ।

≪ Previous Post

कंडेल र न्यौपानेद्वारा भाडा छुटको घोषणा

Next Post ≫

रोहिणी गाउँपालिकामा ब्यक्तिगत घटना दर्ता शिविर सञ्चालन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क