Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कर तिर्ने समय थप गर्न तिलोत्तमा चेम्बरको माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कर तिर्ने समय थप गर्न तिलोत्तमा चेम्बरको माग

संसारपोस्ट संवाददाता · ७ असार २०७८ · 0
कर तिर्ने समय थप गर्न तिलोत्तमा चेम्बरको माग
80
SHARES
ShareTweet

तिलोत्तमा, ७ असार । तिलोत्तमा चेम्बर अफ कमर्शले कर तिर्ने समयसीमा थप गर्न सरकारसँग माग गरेको छ ।
संस्थाको सचिवालय बैठकले निषेधाज्ञाका कारण सबै व्यवसायीहरुको आर्थिक कारोबार पूर्णरुपमा सञ्चालन नभएको अवस्थामा सरकारले असार २५ गतेभित्र कर तिर्ने समयसीमा तोकेकोमा ध्यानाकर्षण भएको जनाउँदै निषेधाज्ञा पूर्णरुपमा खुलेको तीन महिनासम्म कर तिर्न पाउने गरी समय थप गर्न माग गरेको हो ।
बैठकपछि संस्थाका अध्यक्ष बाबुलाल भुसालद्वारा जारी विज्ञप्तीमा कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमणले गर्दा व्यवसाय पूर्णरुपमा सञ्चालन नभएको उल्लेख गर्दै ५० प्रतिशत घरभाडा छुट गर्न पनि घरधनीहरुलाई आग्रह गरिएको छ ।
निषेधाज्ञा अवधिभरको घरभाडामा ५० प्रतिशत छुट गर्न माग गरिएको विज्ञप्तीमा उल्लेख छ । त्यस्तै बैठकले घरधनीहरुलाई निषेधाज्ञा अवधिको घरभाडा ५० प्रतिशत छुट गर्न आग्रह गरिएकोले सोही बमोजिम नै घरबहाल करमा पनि ५० प्रतिशत छुट गर्न सम्बन्धित निकायमा अनुरोध गरेको छ ।
साथै बैठकले सम्पूर्ण उद्योगी व्यवसायी र अग्रपंक्तिमा कार्यरत श्रमिकहरुलाई कोभिड–१९ को दुवै चरणको खोपको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।

≪ Previous Post

रूपन्देहीमा निषेधाज्ञा थप खुकुलो : भोली देखि सबै सरकारी कार्यालय खुल्ने

Next Post ≫

रुपन्देहीमा असार १४ सम्म निषेधाज्ञा थप

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क