Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रूपन्देहीमा निषेधाज्ञा थप खुकुलो : भोली देखि सबै सरकारी कार्यालय खुल्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रूपन्देहीमा निषेधाज्ञा थप खुकुलो : भोली देखि सबै सरकारी कार्यालय खुल्ने

संसारपोस्ट संवाददाता · ७ असार २०७८ · 0
रूपन्देहीमा निषेधाज्ञा थप खुकुलो : भोली देखि सबै सरकारी कार्यालय खुल्ने
110
SHARES
ShareTweet

जोर बिजो प्रणलीबाट निजी सवारी साधन चल्न पाउने
भैरहवा, ७ असार । रूपन्देहीमा गएको बैशाख १६ गते देखि जारी गरिएको निषेधाज्ञा मंगलबार देखि थप खुकुलो बनाइने भएको छ । जिल्ला स्तरिय कोरोना संकट व्यवस्थापन समिति डीसीसीएमसीको सोमबार बसेको बैठकले भोली (मंगलबार) देखि सबै सरकारी कार्यालय खोल्ने र नीजि सवारी साधन चल्न पाउने निर्णय गरेको छ ।
बैठकले निजी सवारी साधन संचालनमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाका अनुसार निजी सवारी साधन चल्दा जोर–विजोर प्रणाली अनुसार चल्नु पर्ने छ । नीजि सवारी साधनको हकमा जोर गते जोर नम्बरका सवारी साधन र विजोर गते विजोर नम्बरका सवारी साधन मात्र चलाउन पर्ने प्रशासकीय अधिकृत थापाले बताउनु भयो । जिल्लामा सार्वजनिक सवारी साधन भने अझै खुला गरिएको छैन । यस्तै डीसीसीएमसीको बैठकले भोलीदेखि सबै सरकारी कार्यालय खोल्ने निर्णय पनि गरेको छ । यस अघि अत्यावश्यक कार्यालयहरु मात्र खुलेका थिए । यस्तै असार १ गतेबाट निश्चित समय पसल र व्यवसाय सञ्चालन गर्न पाउने गरि निषेधाज्ञा केही खुकुलो गरिएको थियो ।
जिल्लामा कोरोना संक्रमण तिब्र रुपमा फैलिदै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बैशाख १६ गतेबाट निषेधाज्ञा जारि गरेको थियो ।

≪ Previous Post

पहिरो र बाढीका कारण महेन्द्र र सिद्धार्थ राजमार्ग तीनदेखि अवरुद्ध

Next Post ≫

कर तिर्ने समय थप गर्न तिलोत्तमा चेम्बरको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क