Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उद्योगी–व्यबसायी र मजदुरलाई खोपको प्रवन्ध मिलाउन बुटवल उवासंघको माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उद्योगी–व्यबसायी र मजदुरलाई खोपको प्रवन्ध मिलाउन बुटवल उवासंघको माग

संसारपोस्ट संवाददाता · २ असार २०७८ · 0
उद्योगी–व्यबसायी र मजदुरलाई खोपको प्रवन्ध मिलाउन बुटवल उवासंघको माग
90
SHARES
ShareTweet

बुटवल, २ असार । कोरोना महामारीको जोखिम कम गर्नको लागि उद्योगी व्यबसायी र मजदुरलाई कोरोना बिरुद्धको खोप दिन बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले सरकारसंग आग्रह गरेको छ । संघले बुधबार एक आग्रह पत्र जारी गरी कोरोना महामारीको संक्रमण फैलिन नदिनको लागि सरकारले गरेको निषेधाज्ञाका बिच पनि उद्योगी व्यबसायीले निर्वाध रुपमा उत्पादन तथा आपूर्तिको काम गरिरहेको भन्दै जोखिमका बिचमा पनि काम गर्ने उद्योगी व्यबसायी तथा मजदुरलाई कोरोना बिरुद्धको खोपमा प्राथमिकता दिन माग गरिएको हो ।
संकटको घडीमा निजी क्षेत्रले आपुर्ती व्यवस्थापन, महामारी नियन्त्रण, स्वास्थ्य पूर्वाधार निर्माण सहित राहत सेवा प्रदान गर्न अहोरात्र खटिरहेको र आगामी दिनमा पनि क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गर्दै संघको तर्फबाट यसको निरन्तरताको लागि पनि उद्योगी व्यबसायी र मजदुरलाई खोपमा प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराईएको हो ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजुद्वारा हस्ताक्षरित आग्रह पत्रमा भनिएको छ –“कोभिड १९ को संक्रमण लम्बिदै जाँदा सामाजिक तथा आर्थिक क्षेत्रमा पर्ने प्रभाव क्रमशः बढ्दै जाने मात्र नभई पर्यटन, होटल, यातायात लगायत अन्य क्षेत्रमा ज्यालादारी गर्ने श्रमिक, कर्मचारी, उद्योगी व्यवसायीको आयमा गम्भिर प्रभावको कारण गरिवीमा बृद्धि समेतको आंकलन गरिएको छ, अर्को तर्फ लामो बन्दको कारण बैंक ब्याज, घरभाडा, कर, राजश्व, कर्मचारी खर्च आदिको भुक्तानी गर्नुपर्ने दवावका कारण उद्योगी, व्यवसायीहरु अत्यन्तै मर्कामा परेका छन् ।”
उद्योगी व्यबसायी र मजदुरलाई मनोवैज्ञानिक रुपमा समेत सुरक्षित बनाउन र जीर्ण भएको अर्थतन्त्र चलायमान गराउनको लागि उद्योगी व्यबसायी र मजदुरलाई खोपको प्राथमिकतामा राख्नुपर्ने भन्दै संघले सरकारको ध्यानाकर्षण गराएको हो । सरकारले कोरोना संक्रमण रोकथामको लागि खोप कार्यक्रम संचालन गरेपनि खोपको उपलब्धता र उपलब्ध भएको खोपको समेत प्रभावकारी वितरण हुन नसकेको औंल्याउँदै खोप केन्द्रको फितलो व्यबस्थापन, प्राथमिकता तोकिए भन्दा बाहेककालाई पनि नातावाद, कृपावाद अनुरुप खोप दिईनुले सरकारी निकायले विश्वास गुमाउनुको साथै आम नागरिकमा नैरास्यता उत्पन्न गराएको उल्लेख गरिएको छ । जनताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नु सरकारको मुख्य दायित्व भएको स्मरण गराउँदै नेपाली नागरिकको जीवन रक्षाको लागि यथाशक्य चाँडो आम नेपालीलाई खोपको व्यबस्था गर्न समेत माग गरिएको छ ।

≪ Previous Post

गैडाकोटको सुकुम्बासी बस्तीका बासिन्दा सारियो, अमलटारीमा ५ घर डुबानमा

Next Post ≫

तिलोत्तमा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क