रामकुमार श्रेष्ठ
असार, २ नवलपुर । नारायणी नदीमा पानीको बहाव बढेसँगै डुबानमा परेको गैडाकोट नगरपालिका–२ बोटे टोलका ३५ घरका बासिन्दालाई सो ठडाउंबाट स्थानान्तरण गरिएको छ ।
उनीहरुलाई सुरक्षित स्थानमा राति नै सारिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताउनु भयो । बोटे टोलमा रहेका ३५ घर डुबानमा परेपछि स्थानीयलाई नजिकैको अक्सफोर्ड कलेजको भवनमा सारिएको हो ।
त्यसैगरी कावासोती नगरपालिका–१७ अमलटारीका ५ वटा होटेल डुबेका छन् । त्यहाँ फसेकाहरुलाई बुधबार बिहान उद्धार गरिएको र उनीहरूलाई नजिकको स्कुल वा सामुदायिक वनको भवनमा सार्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ । तत्काल उद्दार गरिहाल्न पर्ने अवस्था नरहेको भन्दै स्थानीयले जानकारी दिएपछि उनीहरुलाई उद्दार नगरिएको प्रहरी उपरीक्षक मल्लले बताउनु भयो ।