Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

संसारपोस्ट संवाददाता · २ असार २०७८ · 0
तिलोत्तमा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
60
SHARES
ShareTweet

स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
तिलोत्तमा, २ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख बासुदेव घिमिरेले बुधबार दशौं नगरसभाको पहिलो बैठकमा ‘समृद्ध नगर ः खुशी नगरबासी’ लक्ष्य रहेको स्थानीय सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
नीति तथा कार्यक्रम बाल्यकालमा शिक्षा, स्वास्थ्य र पोषण; युवाअवस्थामा सीप, उद्यमशीलता र रोजगारी; जीवनको उत्तराद्र्धमा जेष्ठ नागरिकलाई सम्मान, संरक्षण; र महिलालाई समतामूलक अवसर सिर्जनामा केन्द्रित रहेको नगर प्रमुख घिमिरेले बताउनुभयो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा टेकेर नगरको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीति सहितको स्पष्ट विकासको खाका निर्धारण गरी एकीकृत शहरी विकास योजना कार्यान्वयनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्देशित रहेको उहाँले स्पष्ट पार्नुभयो ।
दोस्रो लहरको कोरोना महामारीले आर्थिक तथा सामाजिक क्षेत्र प्रभावित भैरहँदा ल्याइएको नीति तथा कार्यक्रममा तिलोत्तमाले सबै नगरबासीलाई छिटोभन्दा छिटो कोरोना खोपको पहुँचमा पुर्याउन कोरोना खोप अनुदान कार्यक्रम सञ्चालन गरिने उल्लेख गरेको छ । सरकारी स्वास्थ्य संस्थालाई सुदृढ, सुविधासम्पन्न बनाउँदै ७० वर्ष भन्दा माथि उमेर समूहका जेष्ठ नागरिक तथा अपाङ्गहरुको आधारभूत स्वास्थ्य सेवा घरमै प्रदान गर्ने व्यवस्था मिलाउने घोषणा तिलोत्तमाले नीति तथा कार्यक्रममार्फत् गरेको छ ।
कोरोना विरुद्धको अभियानलाई थप प्रभावकारी बनाउने, आर्थिक रुपमा विपन्न नगरबासीको स्वास्थ्य उपचारको लागि ‘नगर प्रमुख विपन्न नागरिक सहायता कोष’ स्थापना गर्ने, प्रत्येक स्वास्थ्य संस्थाहरुमा व्यवस्थित र सुविधा सम्पन्न खोप केन्द्र सञ्चालनको लागि पूर्वाधार निर्माण गर्ने, सबै सामुदायिक विद्यालयका बालबालिकाहरुको नियमित आँखा जाँचको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
तिलोत्तमाले शिक्षा क्षेत्रका चालु आर्थिक वर्षका प्रायः कार्यक्रमलाई निरन्तरता दिँदै सामुदायिक विद्यालयमा स्वच्छ खानेपानी, ईन्टरनेट सेवाको व्यवस्था मिलाउने, कोभिड–१९ को संक्रमणबाट निधन भएका व्यक्तिका छोराछोरीलाई मावि तहसम्मको अध्ययनको लागि विशेष छात्रवृत्तिको व्यवस्था मिलाउने घोषणा गरेको छ ।
सामुदायिक विद्यालयहरुको साझेदारीमा थप ३ वटा विद्यालयलाई बस खरिदको लागि प्रतिविद्यालय १० लाख विशेष अनुदान उपलब्ध गराउने नीति लिएको तिलोत्तमाले “ग” वर्गको पहेलो कार्ड प्राप्त गरेका तर कुनै सरकारी सुविधा प्राप्त नगरेका अपाङ्गता भएकाहरुलाई प्रोत्साहन स्वरुप वार्षिक ६ हजार सामाजिक सुरक्षाभत्ता दिने घोषाणा गरेको छ ।
यस्तै अपाङ्गता भएका व्यक्तिले संचालन गरेको उद्योग–व्यवसायमा लाग्ने करमा शतप्रतिशत छुट दिने, एकल महिलाको नाममा संचालित व्यवसाय र एकीकृत सम्पत्ति करमा ५० प्रतिशत छुट दिने नीति समेत नगरपालिकाले लिएको छ । ‘युवा तथा महिलासँग उपमेयर कार्यक्रम’ सञ्चालन गरी युवा तथा महिलाहरुलाई उद्यम, व्यवसाय, सीपसँग जोड्दै सहुलियतपूर्ण कर्जा व्यवस्था गर्ने नीति लिएको छ ।
मकै, गहुँ, तरकारीको बिउ, सिँचाई बोरिङ, माछा पोखरी, दुध उत्पादन, फूल खेती, पशु बीमामा दिइएको अनुदानलाई थप व्यवस्थित गर्दै निरन्तरता दिने नीति लिएको तिलोत्तमाले दलहन, तेलहन बालीको बीउमा समेत अनुदानको व्यवस्था गरिने जनाएको छ । भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाको स्वामित्व प्रदान गर्न सुकुम्बासी समस्या समाधान आयोगसँग कार्यसम्झौता गरी लगत संकलन गरिएको र जग्गा नापजाँचको लागि आवश्यक तयारी अघि बढिसकेकोमा आगामी आर्थिक वर्षमा त्यसलाई सम्पन्न गराउन प्राथमिकता दिइने तिलोत्तमाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
तिलोत्तमाले ‘मेयर नगर आवास कार्यक्रम’ सञ्चालन गरी आगामी आर्थिक वर्षमा मापदण्डको आधारमा अतिविपन्न निश्चित वर्ग÷समुदायका ५० परिवारलाई घर बनाउन प्रतिघर रु २ लाख अनुदान उपलब्ध गराइने घोषणा गरेको छ । आगामी आर्थिक वर्षमा नयाँ सडक कालोपत्रे गर्ने कार्यलाई भन्दा पुराना जीर्ण अवस्थामा रहेका पक्की सडकको मर्मत सम्भारलाई प्राथमिकता दिइने, घर नक्सा पासलाई अनलाईन प्रविधिबाट डिजिटलाइज गर्ने, विपद्मा छिटो छरितो उद्धार तथा व्यवस्थापन गर्न दक्ष जनशक्ति सहितको विपद् व्यवस्थापन केन्द्र निर्माण गरिने तिलोत्तमाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
चालु आर्थिक वर्षमा कोभिड–१९ को कारण बन्दाबन्दी हुँदा व्यापार÷व्यवसाय क्षेत्रमा नकारात्मक प्रभाव परेकोले आगामी आर्थिक वर्षको असोज मसान्तभित्र व्यवसाय कर तिर्दा व्यवसायीलाई तीन महिनाको कर छुट दिने, चालु आर्थिक वर्षमा सबै प्रकारका कर तिर्न नपाएकाहरुलाई आगामी आर्थिक वर्षको ३ महिनासम्म कुनै प्रकारको हर्जाना नलिइने तथा सामन्यतया चालु वर्षकैं करको दररेटलाई नै आगामी आर्थिक वर्षमा निरन्तरता दिने तिलोत्तमाको नीति रहेको छ । सबै वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्थालगायतका नगरपालिका मातहतका कार्यालयलाई सूचना प्रविधिमैत्री बनाउनको लागि नगरपालिकाको आफ्नै अप्टिकल फाईबर सञ्जाल विस्तार गरिने पनि नगरपालिकाले जनाएको छ ।
नगरसभा सदस्यका साथैं राजनीतिक दल, संघ—संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको नगरसभाको पहिलो सत्रमा नगर प्रमुख घिमिरेले पेश गरेको नीति तथा कार्यक्रम दोस्रो सत्रको बैठकले सर्वसम्मत पारित गरेको छ । नगरसभाको अर्को बैठक यहीँ असार ८ गते बस्नेछ । स्थानीय सरकारको यो बजेट अधिवेशन हो ।

≪ Previous Post

उद्योगी–व्यबसायी र मजदुरलाई खोपको प्रवन्ध मिलाउन बुटवल उवासंघको माग

Next Post ≫

दाउन्ने सडक विजोग, सडकमा बग्यो खोला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क