भैरहवा, ३१ जेठ । नेपाल भारत मैत्री संघ बेलहिया उप–शाखा, रुपन्देहीले सीमाक्षेत्रमा रहेका गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
कोभिड माहामारी नियन्त्रणका लागि स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण दैनिक रोजगारी गुमाएका ६० जना विपन्न तथा मजदुरहरुको परिवारलाई खाद्यान्न वितरण गरिएको मैत्री संघको कार्यालयले जनाएको छ ।
नेपाल भारत सीमाक्षेत्रमा दैनिक मजदुरी गर्नेहरुको परिवार लाई दैनिकी चलाउन समस्या परेको खवर थाहापाएपछि केहि दिनको राहत सामाग्री वितरण गरिएको उप–शाखा बेलहियाका अध्यक्ष श्रीचन्द गुप्ताले जानकारी दिनुभयो ।
नेपाल भारत मैत्री संघका केन्द्रिय उपाध्यक्ष वासुदेव रिमाल, मैत्री संघका धकधई उप–शाखा अध्यक्ष बेचन कान्दु, उप–शाखाका सल्लाहाकार सुरेन्द्र क्षेत्री, उप–शाखा बेलहियाका उपाध्यक्ष माधव शर्मा, कोषाध्यक्ष चन्द्रिकामणी त्रिपाठी, सल्लाहकारहरु दुर्गा क्षेत्री, पशुपति कान्दु, किशोर जोशी, सदस्यहरु एजाज वारिस, हरेराम कलवार, व्यवसायी राजेश जयसवाल लगायतले खाद्यान्न वितरण गर्नुभएको थियो ।
