Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ काँग्रेसद्वारा ३३ जिल्लाका ६५ स्थानको क्रियाशिल सदस्यको नामावली सार्वजनिक
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काँग्रेसद्वारा ३३ जिल्लाका ६५ स्थानको क्रियाशिल सदस्यको नामावली सार्वजनिक

संसारपोस्ट संवाददाता · ३१ जेष्ठ २०७८ · 0
काँग्रेसद्वारा ३३ जिल्लाका ६५ स्थानको क्रियाशिल सदस्यको नामावली सार्वजनिक
90
SHARES
ShareTweet

काठमाडौँ, ३१ जेठ । १४ औं महाधिवेशनको तयारीमा रहेको नेपाली काँग्रेसले थप ३३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । काँंग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइट मार्फत् सार्वजनिक गरेको हो । यस अघि काँग्रेसले १०१ स्थानको क्रियाशिलको विवरण सार्वजनिक गरेको थियो ।
हालसम्म सार्वजनिक गरिएका नामावली उपर कुनै उजुरी, गुनासा वा सुझाव भएमा सम्बन्धित पार्टी निकाय वा व्यक्तिले आगामी असार ६ गतेभित्र प्रमाणसहित केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिमा सम्पर्क गर्न सक्ने छन् ।
क्रियाशिल सदस्यता छानविन समितिका सचिव केशव रिजालका अनुसार नामावलीमा कुनै त्रुटी भएको भए वा छुट भएको भए नयाँ सदस्यतातर्फ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले र नवीकरण तर्फको जिल्ला कार्यसमितिले स्पष्ट आधार र प्रमाणसहित त्रुटी सच्याइदिनका लागि वा नाम समावेश गरिदिनका लागि असार ६ गतेभित्र पठाइसक्नुपर्ने छ ।
समितिका सचिव रिजालले काँग्रेसका क्रियाशील सदस्यताको नामावली सप्तरी, बारा, सिन्धुपाल्चोक, प्यूठान, बर्दिया, रुकुम पश्चिम र डडेलधुरा गरी ७ जिल्लाबाट आउन बाँकी छ । ती जिल्लामा आन्तरिक समायोजन, शुल्क विवाद लगायतका समस्याका कारण काम हुन नसकेको बताइएको छ ।
यसअघि सार्वजनिक गरिएका र थप सार्वजनिक गरिएका नामावलीहरु हेर्नका लागि www.nepalicongress.org मा क्लिक गरि हेर्न सकिने नेपाली काँग्रेसले जनाएको छ । काँग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ गतेबाट काठमाडौंमा सुरु हुँदैछ ।

≪ Previous Post

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

Next Post ≫

सीमाक्षेत्रमा रहेका गरिब तथा विपन्न परिवारलाई राहत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क