Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बिदेशमा रहेका युवाहरुद्वारा रोहिणी गाउँपालिकालाई सहयोग
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बिदेशमा रहेका युवाहरुद्वारा रोहिणी गाउँपालिकालाई सहयोग

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०७८ · 0
बिदेशमा रहेका युवाहरुद्वारा रोहिणी गाउँपालिकालाई सहयोग
60
SHARES
ShareTweet

भैरहवा, ३० जेठ । रुपन्देहीको रोहिणी गाउँपालिका र देवदह नगरपालिकाका बैदेशिक रोजगारीको लागि दक्षिण कोरियामा रहेका युवाहरुले रोहिणी गाउँपालिकालाई नगद सहयोग गरेका छन् ।
दक्षिण कोरियामा बिभिन्न काममा रहेका ९ जना युवाहरुले रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको नाममा निवेदन लेखेरै सहयोग गरेका हुन । सहयोग गर्नेमा रोहिणी गाउँपालिका वडा नम्बर ३ घर भएका ताणकेश्वर मल्लाह, रमेश मल्लाह, असफाक खाँन, धरमेन्द्र मल्लाह, वडा नम्बर २ का सन्तोष यादव, सुखराम खरविन्द, दिलिप प्रजापति, वडा नम्बर ५ का सुभान अन्सारी र देवदह नगरपालिकाका बिरु मल्लाह रहेको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिनुभयो । उनीहरु सबैजना मिलेर गाउँपालिकालाई १ लाख ४३ हजार २ सय ५४ रुपैयाँ गाउँपालिकाको खातामा पठाई दिएका छन् ।
‘विपदको बेला रोहिणी गाउँपालिकालाई अन्य संघ संस्था एवम सामाजिक ब्यक्तित्वहरुले पनि सहयोग गरेका छन् । तर बिदेश बस्ने यी युवाहरुकोे सहयोग अत्यन्तै सराहनिय छ ।’ अध्यक्ष यादवले भन्नुभयो । बिदेशमा आफ्ना पसिना बगाएका युवाहरुले आफ्नो पसिनाको कमाइबाट मातृभूमिलाई सम्झिनु नै ठूलो कुरा भएको भन्दै अध्यक्ष यादवले कोरोना महामारीको समयमा बिदेशिएका युवाहरुको सहयोगी मनलाई रोहिणी गाउँपालिकाको सदैव सम्मान गर्ने बताउनु भयो ।
बिभिन्न सञ्चार माध्यमहरुबाट रोहिणी गाउँपालिकामा पनि कोभिडको प्रभाव उच्च रहेको र अक्सिजन लगायत सामाग्रीको अभाव रहेको कुरा थाहा पाएर थोरै भए पनि सहयोग गरेको युवा ताणकेश्वर मल्लाहको भनाइ छ । ‘बिदेशमा रहे पनि आफ्नो जन्मभूमिमा अप्ठ्यारो पर्दा केही गर्नुपर्छ भन्ने लागेर हामी ९ जनाले रकम जम्मा गरेर पठाएका हौ ।’ मल्लाहले भन्नुभयो । गाउँपालिकामा केही विपद वा समस्या परे यो रकम परिचालन होस भन्ने उनिहरुको अपेक्षा छ । भविष्यमा यस्ता सहयोग गरिरहने समेत उनीहरुले प्रतिवद्धता जनाएका छन् ।

≪ Previous Post

जनमुक्ति पार्टीद्वारा दैनिक उपभोग्य वस्तु, खाद्यान्न तथा खाना वितरण

Next Post ≫

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयलाई ६० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क