बुटवल, ३० जेठ । सरकारद्वारा जारी निषेधाज्ञाका कारण जनजीवन कष्टकर बन्दै गइरहेको छ । विशेष गरि निम्न आए भएका र दैनिक श्रम गरेर गर्जो टार्ने वर्गका मानिसहरुमा यसले नराम्रोसंग प्रभाव परेको छ । यहि अवस्थालाई मध्यनजर गरेर राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले विगत तीन हप्तादेखि रुपन्देहीका विभिन्न ठाउँमा राहतको रुपमा दैनिक उपभोग्य वस्तु, खाद्यान्न तथा खाना वितरण गर्दै आइरहेको छ ।
यसैक्रममा राष्ट्रिय जनमुक्ति पार्टी बुटवल उपमहानगर समितिले आइतबार बुटवलमा पचास परिवारलाई राहात वितरण गरेको छ । प्रत्येक परिवारलाई १५ किलो चामल, पाँच किलो गहुँको पिठो, तेल, नुन, मस्यौरा लगायतका खाद्यान्न सामग्री वितरण गरेको पार्टीका बुटवल उपमहानगर अध्यक्ष थर्क बहादुर बारघरेले जानकारी दिनुभयो ।
सो अवसरमा बोल्दै पार्टीका केन्द्रिय सदस्य एवंं पूर्व सैनिक संगठनका केन्द्रिय अध्यक्ष भीम बहादुर रानाले महामारी नियन्त्रणमा सरकार चुकेको बताउँदै जनताप्रति सरकार उत्तरदायी बन्न नसकेको बताउनु भयो । निषेधाज्ञाले आम नागरिकमा नैरास्यता र भोकमरी बढाएको उहांको भनाई छ । जनताको जीवन रक्षा र एक गाँसको व्यवस्था समेत गरिदिन नसक्नेहरु सरकारमा बस्न नसुहाउने उहांको भनाई थियो । राहत वितरणमा पार्टीका नेताहरु धनी आले, बसन्ती साठिघरे, लुम बहादुर सारु, नन कुमार सारु, प्रेम थापा, खिमा थापा लगायतको सहभागिता रहेको थियो ।
