Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ जनमुक्ति पार्टीद्वारा दैनिक उपभोग्य वस्तु, खाद्यान्न तथा खाना वितरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जनमुक्ति पार्टीद्वारा दैनिक उपभोग्य वस्तु, खाद्यान्न तथा खाना वितरण

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०७८ · 0
जनमुक्ति पार्टीद्वारा दैनिक उपभोग्य वस्तु, खाद्यान्न तथा खाना वितरण
90
SHARES
ShareTweet

बुटवल, ३० जेठ । सरकारद्वारा जारी निषेधाज्ञाका कारण जनजीवन कष्टकर बन्दै गइरहेको छ । विशेष गरि निम्न आए भएका र दैनिक श्रम गरेर गर्जो टार्ने वर्गका मानिसहरुमा यसले नराम्रोसंग प्रभाव परेको छ । यहि अवस्थालाई मध्यनजर गरेर राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले विगत तीन हप्तादेखि रुपन्देहीका विभिन्न ठाउँमा राहतको रुपमा दैनिक उपभोग्य वस्तु, खाद्यान्न तथा खाना वितरण गर्दै आइरहेको छ ।
यसैक्रममा राष्ट्रिय जनमुक्ति पार्टी बुटवल उपमहानगर समितिले आइतबार बुटवलमा पचास परिवारलाई राहात वितरण गरेको छ । प्रत्येक परिवारलाई १५ किलो चामल, पाँच किलो गहुँको पिठो, तेल, नुन, मस्यौरा लगायतका खाद्यान्न सामग्री वितरण गरेको पार्टीका बुटवल उपमहानगर अध्यक्ष थर्क बहादुर बारघरेले जानकारी दिनुभयो ।
सो अवसरमा बोल्दै पार्टीका केन्द्रिय सदस्य एवंं पूर्व सैनिक संगठनका केन्द्रिय अध्यक्ष भीम बहादुर रानाले महामारी नियन्त्रणमा सरकार चुकेको बताउँदै जनताप्रति सरकार उत्तरदायी बन्न नसकेको बताउनु भयो । निषेधाज्ञाले आम नागरिकमा नैरास्यता र भोकमरी बढाएको उहांको भनाई छ । जनताको जीवन रक्षा र एक गाँसको व्यवस्था समेत गरिदिन नसक्नेहरु सरकारमा बस्न नसुहाउने उहांको भनाई थियो । राहत वितरणमा पार्टीका नेताहरु धनी आले, बसन्ती साठिघरे, लुम बहादुर सारु, नन कुमार सारु, प्रेम थापा, खिमा थापा लगायतको सहभागिता रहेको थियो ।

≪ Previous Post

ज्ञानगँगा पाठशालामा चिकित्सकसंग बालबालिका र अभिभावक कार्यक्रम

Next Post ≫

बिदेशमा रहेका युवाहरुद्वारा रोहिणी गाउँपालिकालाई सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क