तिलोत्तमा, ३० जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ शित्तलकुञ्जमा रहेको ज्ञानगँगा पाठशालामा शनिबार चिकित्सकसंग बालबालिका र अभिभावक कार्यक्रम सम्पन्न भएको छ । कोभिड १९ को महामारिका बिच बालबालिकाको स्वास्थ्य र शिक्षाका सवालमा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका बरिष्ठ बालरोग बिशेषज्ञ डा. बिनोद पराजुलीले परामर्श दिनुभएको हो ।
महामारीले बालबालिकामा पारेको मनोवैज्ञानिक असर र त्यसको ब्यवस्थापनका बिषयमा डा. पराजुलीले परामर्श दिनुभएको हो । साथै उहांले बालबालिकाको सिकाई निरन्तरताका लागि अभिभावक र बिद्यालयको जिम्मेवारीका बिषयमा पनि बिशेष जोड दिनुभएको बिद्यालयले जनाएको छ । अनलाइन माध्यममा संचालित कार्यक्रममा अभिभावकहरुले बिभिन्न स्वास्थ्य समस्याका बिषयमा डा. पराजुलीसंग परामर्श लिनुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रवन्ध निर्देशक युवराज न्यौपाने, प्राचार्य चन्द्र अधिकारी लगायतले बोल्नुभएको थियो । ज्ञानगंगा पाठशाला यसै शैक्षिक सत्रदेखि नयाँ शैक्षिक ब्यवस्थापनमा संचालनमा आएको छ ।
