Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ गीतकार दिनेश खड्काको ‘उज्यालो’ गीत
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गीतकार दिनेश खड्काको ‘उज्यालो’ गीत

संसारपोस्ट संवाददाता · २९ जेष्ठ २०७८ · 0
गीतकार दिनेश खड्काको ‘उज्यालो’ गीत
50
SHARES
ShareTweet

बुटवल, २९ जेठ । मानिसमा सकारात्मक सोच्न र आशावादी हुन प्रेरित गर्ने उद्धेश्यका साथ गीतकार दिनेश खड्काले ‘उज्यालो’ नामक गीत ल्याउनुभएको छ ।
नेपालीहरुले जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सक्छन् र त्यसका लागि अझ संगितले शक्ति थपोस् भनेर गीत ल्याइएको गीतकार खड्काले बताउनुभयो । अहिले कोरोनाका कारण आफन्त तथा प्रियजन गुमाउन परिरहेको विकराल अवस्थामा मानिसमा उर्जा भर्न तथा अन्य समयमा समेत शब्द–संगीतको माध्यमबाट मानिसमा आशा जगाउन सकियोस् भनेर नै गीत तयार पारेको उहाँको भनाई छ ।
गीतमा संगीतकार बिजय सापकोटाले संगीत संयोजन गर्नुभएको छ । उहाँले नेपालीमा आत्मबल बढाउन संगीत महत्वपूर्ण माध्यम बन्न सकोस् भन्ने विस्वास व्यक्त गर्नुभयो । गीतमा प्रिया भण्डारी, बिजय सापकोटा र किशोर थापाको स्वर रहेको छ । यूफोनिक स्टुडियोले तयार गरेको गीतको अडियो रेकर्ड तथा सम्पादन नरेश पाण्डेले गर्नुभएको छ ।
लाईफ एजुकेशनको प्रस्तुती रहेको म्यूजिक भिडियो भने गीतकार खड्काको आफ्नै यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोको निर्देशन तथा सम्पादन गीतकार खड्काले नै गर्नुभएको हो । एक महिला अगाडी समेत गीतकार खड्काले कोरोनामा सचेतना जगाउने ‘खुसीको गीत’ निकाल्नुभएको थियो । लामो समयदेखि सञ्चार माध्यम र शिक्षण पेसामा आवद्ध गीतकार खड्का उत्प्रेरणात्मक वक्ता तथा प्रशिक्षक समेत हुनुहुन्छ ।

≪ Previous Post

रेडक्रस रुपन्देहीद्वारा तीन स्थानीय तहका आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग

Next Post ≫

ज्ञानगँगा पाठशालामा चिकित्सकसंग बालबालिका र अभिभावक कार्यक्रम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क