Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रेडक्रस रुपन्देहीद्वारा तीन स्थानीय तहका आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रेडक्रस रुपन्देहीद्वारा तीन स्थानीय तहका आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग

संसारपोस्ट संवाददाता · २९ जेष्ठ २०७८ · 0
रेडक्रस रुपन्देहीद्वारा तीन स्थानीय तहका आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग
100
SHARES
ShareTweet

बुटवल, २९ जेठ । नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले रुपन्देहीका तीन स्थानीय तहले संचालन गरेका आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
रेडक्रसले युनिसेफ नेपालको साझेदारीमा सञ्चालित कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत लुम्बिनी सांस्कृतिक र सिद्धार्थनगर नगरपालिका तथा सम्मरीमाई गाउँपालिकामा रहेका आइसोलेशन सेन्टरलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारी, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी र सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्बु) लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको रेडक्रस रुपन्देहीका अध्यक्ष प्रेमलाल उदासले जानकारी गराउनु भयो ।
रेडक्रसले यी पालिकालाई खानेपानी ट्यांकी, ह्याण्ड वासिङ स्टेशन, माक्स, सेनिटाइजर, हर्पिक, फिनेल, साबुन, युरिगार्ड, पानी फिल्टर जग, सेनिटाइजर इन्सुरेन्सी लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । प्रत्येक स्थानीय तहलाई १ लाख ८० हजारदेखि २ लाख रुपैयाँसम्मको स्वास्थ्य सामाग्री प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले जनाएको छ ।
रेडक्रसले जेठ १ गतेदेखि स्वयंसेवक परिचालन गरी बेलहिया नाकामा आवतजावत गर्ने यात्रुलाई समेत निःशुल्क खानेपानी वितरण गर्दै आइरहेको रेडक्रस, रुपन्देही जिल्ला शाखाका उपसभापति दीपक क्षेत्री न्यौपानेले बताउनु भयो । त्यस्तै रेडक्रसले भारतबाट घर फर्किने नेपालीहरु संक्रमित भएको खण्डमा उनीहरुलाई निःशुल्क रुपमा घरसम्म पुर्याउँदै समेत आएको छ ।
सम्मरीमाई गाउँपालिकाका अध्यक्ष शुक्लले ढिलै भए पनि स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको भन्दै यसले गाउँपालिकामा कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

≪ Previous Post

दाङमा पार्किङ गरेर राखिएका सवारी साधन तोडफोड

Next Post ≫

गीतकार दिनेश खड्काको ‘उज्यालो’ गीत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क