बुटवल, ३० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लुम्बिनी प्रदेश सरकारलाई ६० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको छ । सम्युक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोगमा करिव ६५ लाख मुल्य वरावरको स्वास्थ्य सामाग्री प्रदेश सरकारलाई प्राप्त भएको हो ।
सम्युक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोगमा लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको हो । प्रति मिनेट ५ लिटरका ३० र प्रति मिनेट १० लिटर ग्यास उत्पादन गरि सप्लाई दिने ३० गरि ६० वटा अक्सिजन कन्सन्ट्रेटर सम्युक्त राष्ट्र संघीय विकास कार्यक्रम फिल्ड कार्यालय लुम्बिनी प्रदेशका प्रमुख सुदिप अर्यालले लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठलाई आईतवार हस्तान्तरण गर्नुभएको हो ।
प्रदेश सरकारलाई प्राप्त भएको अक्सिजन कन्सन्ट्रेटर प्रदेशका ग्रामीण क्षेत्रमा संचालित स्वास्थ्य सेवा केन्द्रमा पठाईने छ । जुन स्थानमा अक्सिजनको अभाव छ र अक्सिजन पुराउन तत्काल कठिन हुने स्थानमा अक्सिजन कन्सन्ट्रेटर पठाईने लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले बताउनु भयो ।
लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशमा आवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटरको माग भए अनुसार नै सहयोग गरेको सम्युक्त राष्ट्र संघीय विकास कार्यक्रम फिल्ड कार्यालय लुम्बिनी प्रदेशका प्रमुख अर्यालले बताउनु भयो ।
यो अक्सिजन कन्सन्ट्रेटर जुन स्थानमा अक्सिजन अभाव हुने र अक्सिजन दिनुपर्ने विरामीलाई तत्काल सहज रुपमा प्रदान गर्ने गरी प्रदेशका ग्रामीण भेगका लागि बढी उपयोगी हुने प्रमुख अर्यालले औल्याउनु भयो ।
अक्सिजन कन्सन्ट्रेटर शहरी क्षेत्रमा भन्दा ग्रामीण ईलाकाका लागि निकै भरपर्दो र सहज हुने भएकाले प्रदेश सरकारले प्राप्त सामाग्रीलाई ग्रामीण क्षेत्रमा संचालित हेल्थपोष्टहरुमा पठाएर ग्रामीण क्षेत्रका जनतालाई सेवा प्रदानका लागि गम्भिर हुन जरुरी रहेको छ ।
