Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ जसपा उपेन्द्र यादव पक्षद्वारा ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जसपा उपेन्द्र यादव पक्षद्वारा ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन

संसारपोस्ट संवाददाता · १८ जेष्ठ २०७८ · 0
जसपा उपेन्द्र यादव पक्षद्वारा ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन
90
SHARES
ShareTweet

बुटवल, १८ जेठ । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।
बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेको हो ।
पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले विज्ञप्ति जारी गरी चार नेतालाई पार्टीबाट निष्काशन गरेको जानकारी दिनुभयो । ७ जेठमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि हस्ताक्षर गरेपछि जनता समाजवादी पार्टीका केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्त ठाकुर सहित चार नेतालाइ स्पष्टिकरण सोध्नुभएको थियो ।
यादव पक्षले जेठ ११ गते तीन दिनको समय दिएर स्पष्टिकरण सोधेकोमा ठाकुर पक्षले पनि यादवलाई स्पष्टिकरण सोधेको थियो । पुन जेठ १५ गते २४ घण्टे स्पष्टिकरण पत्र पठाएको याद पक्षले मंगलबार बैठक राखेर ठाकुर सहित चार नेतालाई निष्कासनको निर्णय गरेको हो ।
यस्तै ठाकुर पक्षले पनि यसको जवाफमा यादवलाई निष्कासनकै निर्णय गर्ने तयारी गरेको छ । जेठ १५ गते ठाकुरले अर्का अध्यक्ष यादवलई २४ घण्टे स्पष्टिकरण पत्र पठाउनु भएको थियो ।
पार्टीका नेता मोहम्मद इस्तियाक राईले ठाकुर सहित चार नेतालाई पार्टी सदस्यबाट निष्कासन गरिएको जानकारी निर्वाचन आयोगमा दिएको जानकारी दिनुभयो ।

≪ Previous Post

निषेधाज्ञालाई प्रभावकारी रुपमा लागु गर्ने संकट व्यवस्थापन समितिको निर्णय

Next Post ≫

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पत्रकार शर्मालाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क