Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ निषेधाज्ञालाई प्रभावकारी रुपमा लागु गर्ने संकट व्यवस्थापन समितिको निर्णय
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

निषेधाज्ञालाई प्रभावकारी रुपमा लागु गर्ने संकट व्यवस्थापन समितिको निर्णय

संसारपोस्ट संवाददाता · १७ जेष्ठ २०७८ · 0
निषेधाज्ञालाई प्रभावकारी रुपमा लागु गर्ने संकट व्यवस्थापन समितिको निर्णय
90
SHARES
ShareTweet

वेसहारा नागरिकहरुको नाममा चन्दा संकलन गर्ने प्रवृतिको अन्त्य गर्ने
बुटवल, ७ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको लुम्बिनी प्रदेश कोरोना संकट व्यवस्थापन समितिको बैठकले कोभिड– १९ नियन्त्रण तथा चेन ब्रेकको लागि जिल्लाहरुमा जारी भएको निषेधाज्ञालाई प्रभावकारी रुपमा लागु गर्ने निर्णय गरेको छ । निषेधाज्ञाको अनुगमनको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने र रिस्थितिको आँकलन गरी निषेधाज्ञा हटाउनु पर्ने भएमा प्रदेश सरकारको समन्वयमा मात्र गर्ने निर्णय गरेको छ । पीसीआर ल्याव नभएका जिल्लाहरुमा एन्टिजेन किटको उपलब्धताको दायरा बढाई परीक्षण बढाउने तथा स्वाव संकलन गर्न चाहिने भीटीएम लगायतका सामग्रीको अपर्याप्तता भए जिल्ला स्थित स्वास्थ्य कार्यालयले प्रदेश सरकार लगायतबाट प्राप्त बजेट श्रोतबाट खरिद गर्ने व्यवस्था मिलाउने तथा स्वाव संकलन गरी पीसीआर परीक्षणको लागि नजिकको जिल्लामा रहेको ल्यावबाट परीक्षण गर्ने र सोको समन्वय सम्बन्धित प्रमुख जिल्ला अधिकारीले मिलाउने निर्णय बैठकले गरेको छ ।
यस्तै श्रोत सुनिश्चतता प्राप्त भएका अस्पतालहरुले एचडियु, आइसियु र भेन्टिलेटर विस्तारको लागि तत्काल खरिद प्रक्रिया अगाडि बढाउने, अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्ने कार्यमा प्राविधिक तथा खरिद प्रक्रियामा कुनै समस्या भएमा प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुगमन तथा सहजीकरण गर्ने। तथा स्वास्थ्य सामग्रीको खरिदका लागि संघीय र प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वय गरी सम्बन्धित अस्पतालहरुले तत्काल खरिद प्रक्रिया अगाडि बढाउने निर्णय बैठकले गरेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ्गले नजिकका पहाडी जिल्लाका लागि निशुल्क पीसीआर परीक्षण गर्ने आवश्यक ब्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने, निषेधाज्ञाका कारण वेसहारा नागरिकहरुको सहाराको नाममा जथाभावी चन्दा संकलन गर्ने प्रवृतिको अन्त्य गर्ने र वेसहारा तथा दैनिक जीविकोपार्जनको लागि समस्या भएका नागरिकहरुको व्यवस्थापन तथा राहत सहयोगको लागि,राहत तथा चन्दा संकलन एवम् वितरण कार्य एकद्वार प्रणाली मार्फत गर्न प्रमुख जिल्ला अधिकारीले संबन्धित स्थानीय तहसंगको समन्वयमा आवश्यक व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।
बैठकले कृषिजन्य वस्तुको उत्पादन, वितरण तथा बजारीकरणमा निषेधाज्ञाको कारण कुनै समस्या आउन नदिने, आवश्यक विउ तथा मलको आपुर्तिमा सहजीकरण गर्ने र भन्सार नाका बन्द भएका जिल्लाहरुको लागि नाका खुला भएका जिल्लाहरुसंग समन्वय गरी विउ मलको अभाव हुन नदिने प्रबन्ध प्रमुख जिल्ला अधकारीले मिलाउने निर्णय गरेको छ ।
अत्यावश्यक सेवा, कालोबजारी नियन्त्रण तथा अनुगमन जस्ता कार्य गर्नुपर्ने कार्यालयहरुबाट नियमित सेवा प्रवाह हुने प्रबन्ध मिलाउन प्रमुख जिल्ला अधिकारीले निर्देशन गर्ने र अनलाइन मार्फत सेवा प्रवाह गर्न मिल्ने प्रकृतिका कार्यहरु अनलाइन प्रणाली मार्फत गर्न प्रोत्साहन गर्ने निर्णय गरेको छ ।
होल्डिङ्ग सेण्टर निर्माण र सञ्चालनको प्रगति प्रमुख जिल्ला अधिकारीले प्रदेश सरकारलाई जानकारी गराउने तथा कुनै नाकामा होल्डिङ्ग सेण्टर निर्माणका लागि जग्गा प्राप्तिमा समस्या भएमा तत्काल प्रदेश सरकारलाई जानकारी गराउने निर्णय बैठकले गरेको छ ।
प्रदेश सरकारबाट कोभिड नियन्त्रणका लागि उपलब्ध हुने सहयोगको लागि जिल्ला तथा स्थानीय तहहरुले जिल्ला स्वास्थ्य कार्यालय मार्फत लेखि पठाउने तथा कोभिड अस्पताल र जिल्ला स्थित अस्पतालहरुले सिधै प्रदेश स्वस्थ्य मन्त्रालयसंग समन्वय गर्नुपर्ने छ ।
अक्सिजन उत्पादन उद्योगहरुमा नियमित उत्पादन, पुनर्भरण र वितरणलाई प्रभावकारी बनाउन खालि सिलिन्डर संकलन गरी उद्योगमा पठाउने व्यवस्थाको सहजीकरण र अनुगमनको व्यवस्था सम्बन्धित प्रमुख जिल्ला अधिकारीले मिलाउने एबं बिशेषगरी बाँके र रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी आवश्यकता र प्राथमिकताका आधारमा अन्य जिल्ला र सोही जिल्लाका कोभिड उपचार हुने अस्पताललाई सहज रुपमा उपलब्ध हुने र पुनर्भरण भएका एक तिहाई सिलिन्डर जगेडा रहने गरी आवश्यक प्रबन्ध गर्न समितिले निर्देशन दिएको छ ।
भौतिक पूर्वाधार निर्माणको लागि खानीजन्य निर्माण सामग्रीको संकलन गरी घाटगद्दी गर्ने व्यवस्था तथा होम आइसोलेसनमा रहेका विरामीहरुको लागि मापदण्डको परिपालना अनिवार्य रुपमा गर्ने व्यवस्था स्थानीय निकायसंग समन्वय गरी प्रमुख जिल्ला अधिकारीले गर्ने निर्णय बैठकले गरेको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालले लिक्विड अक्सिजनको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहजीकरण गर्ने, राप्ती प्रादेशिक अस्पतालले पीसीआर ल्याव स्थापना गर्ने, व्यक्तिगत र पारिवारिक प्रयोजनको लागि होल्ड भएका अक्सिजन सिलिन्डरहरु स्थानीय तहको सहयोगमा नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले समन्वय गरी संकलन गर्ने निर्णय बैठकले गरेको छ ।
स्वाव संकलन र पीसीआर परीक्षणको नतिजा आउन हुने गरेको ढिलाईलाई न्यूनीकरण गर्न प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको क्षमता बढाउने र अन्य ल्यावहरुसंग आवश्यक समन्वय र सहजीकरणको व्यवस्था तथा स्थानीय तहमा सञ्चालित आइसोलेसन सेन्टरलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक स्वास्थ्य सामग्री तथा स्वास्थ्यकर्मीको व्यवस्थापनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने र आइसोलेशन सेन्टरमा उपचारत गम्भिर अवस्थाका विरामीलाई तत्काल कोभिड अस्पतालमा रिफर गर्ने लगायतका निर्णय प्रदेश कोरोना संकट व्यवस्थापन समितिले गरेको छ ।

≪ Previous Post

१६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट घोषणा

Next Post ≫

जसपा उपेन्द्र यादव पक्षद्वारा ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क