काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आज(शनिबार) घोषणा गर्नुभएको बजेटमा चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ ।
यस्तै वित्तीय व्यवस्थातर्फ रु २ खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ । प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु ३ खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।
१६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट घोषणा
संसारपोस्ट संवाददाता
·
१५ जेष्ठ २०७८
·
0