काठमाडौं, १५ जेठ । सरकारले निजामती कर्मचारीको तलब मासिक दुई हजार रुपैयाँ वृृद्धि गरेको छ । राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउन आगामी साउन १ देखि लागुहुने गरी तलब वृृद्धि भएको हो ।
अध्यादेशमार्फत ल्याइएको आर्थिक वर्ष २०७८÷७९ को बजेटमा हाल दिइएको महंगी भत्तालाई कायमै राखिएको अर्थमन्त्री विष्णु पौडेले जानकारी दिनुभयो । यसअघि सरकारले आर्थिक वर्ष २०७६–७७ मा सरकारी कर्मचारीको तलब बढाएको थियो । सो वर्ष नायव सुब्बासम्म २० प्रतिशत र त्यसभन्दा माथि १८ प्रतिशत तलव बढाउने घोषणा भएको थियो ।