काठमाडौं, १५ जेठ । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब बजेट विनियोजन गरेको छ । आगामी आर्थिक २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि गरेको बताउंदै वृद्धभत्ता ४ हजार पुर्याएको बताउनु भयो ।
उहांले यस्तै सरकारले स्वास्थ्य क्षेत्रको लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेटमा स्वास्थ्य बिमालाई आगामी आर्थिक वर्षसम्म सबै स्थानीय तहमा पु¥याउँदै ५० प्रतिशत नागरिकमा बिमाको पहुँच पु¥याउने लक्ष्य लिइएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य बिमाको लागि सरकारले ७ अर्ब ५० करोड बजेट विनियोजन गरेको बताउनु भयो ।