Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ घर बहाल कर छुट र कामदारलाई खोपको व्यवस्थागर्न होटेल व्यवसायीको माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

घर बहाल कर छुट र कामदारलाई खोपको व्यवस्थागर्न होटेल व्यवसायीको माग

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०७८ · 0
घर बहाल कर छुट र कामदारलाई खोपको व्यवस्थागर्न होटेल व्यवसायीको माग
110
SHARES
ShareTweet

बुटवल, १४ जेठ । होटेल व्यवसायीले कोभिड–१९ को विश्वव्यापी महामारीबाट थला परेको व्यवसाय संरक्षणका लागि घर बहाल कर छुट गर्न र व्यवसायको अग्रभागमा खटिने कामदारलाई कोभिड विरुद्धको खोपको व्यवस्था गर्न माग गरेका छन् ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गरी कोरोना भाइरसको महामारीका कारण थलिएको पर्यटन क्षेत्रको संरक्षण र सम्वद्र्धनका लागि सरकारले सहुलियत व्याज दरमा ऋणको व्यवस्था गर्न माग गरेको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले निषेधाज्ञाको कारणवाट राज्यलाई बुझाउने मुल्य अभिबद्धि कर तथा अन्य महशुलहरु बुझाउने समयावधि बढाउन र कुनै व्याज जरिवाना नलिने नीति तय गर्न माग गर्नु भएको छ । कोभिड १९ को दोस्रो भेरियन्टका कारणवाट होटल व्यवसाय पूर्ण रुपमा बन्द भएकाले धेरै स्वरोजगार मुलक व्यवसायी तथा मजदुर कर्मचारीको रोजीरोटी गुम्ने अवस्था श्रृजना भएकोले त्यस्ता व्यवसायीलाई राज्य तहवाट उचित राहतको व्यवस्था मिलाउन अध्यक्ष गौतमले माग गर्नुभएको छ । व्यवसायीले कोरोना भाईरसका कारण सरकारले निषेधाज्ञा गरेको अवस्थामा सबै होटल रेष्टुरेण्टको व्यापार व्यवसाय बन्द रहेकाले लकडाउन अवधिभरको घरभाडा पूर्ण रुपमा छुट गर्ने व्यवस्था मिलाउन, विद्युतमा लगाउंदै आएको डिमाण्ड चार्ज १ वर्ष सम्म छुट गर्न संघका महासचिव माधव कुमार खनालले सरकार समक्ष माग गर्नु भयो ।
कोरोना महामारीका कारण व्यवसायिक अस्तित्व अत्यन्तै जोखिममा पुगेको गुनासो ब्यवसायीहरुले गरेका छन् । यो अवस्थामा होटल व्यवसाय टिकाउन सकिन्छ कि सकिँदैन भन्ने अन्यौलका बीच व्यवसायी रहेका भन्दै यसबाट लाखौ आश्रीत कर्मचारी र मजदुरहरुको रोजगारी समस्यामा परेको संघका द्वितीय उपाध्यक्ष लेखनाथ भडारीले बताउनु भयो । होटलको पुनरुत्थानका लागि ३ वर्षको लागि विशेष कर सहुलियतको व्यवस्था गर्दै होटल पूर्ववत लयमा नआउन्जेलसम्म वर्तमान मूल्य अभिवृद्धि करमा छुट, आयकरमा पाउँदै आएको २० प्रतिशत छुटलाई ५० प्रतिशत कायम गर्न र जरिवाना तथा हर्जाना पूर्ण मिनाहाको माग व्यवसायीले गरेका छन् ।

≪ Previous Post

रूपन्देहीमा २२ हजार १९ जनाले जिते कोरोना : मृत्यु हुनेको संख्या ४०७

Next Post ≫

आर्थिक वर्ष २०७८/७९ को बजेट आज सार्वजनिक हुँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क