Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रूपन्देहीमा २२ हजार १९ जनाले जिते कोरोना : मृत्यु हुनेको संख्या ४०७
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रूपन्देहीमा २२ हजार १९ जनाले जिते कोरोना : मृत्यु हुनेको संख्या ४०७

संसारपोस्ट संवाददाता · १३ जेष्ठ २०७८ · 0
रूपन्देहीमा २२ हजार १९ जनाले जिते कोरोना : मृत्यु हुनेको संख्या ४०७
120
SHARES
ShareTweet

देशभर १०६ जनाको मृत्यु, ७ हजार २ सय २६ जना संक्रमण मुक्त
बुटवल, १३ जेठ । रुपन्देहीमा कोरोना संक्रमण भै निको हुनेको संख्या २२ हजार १९ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ४०७ पुगेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ४ सय ४३ जनाको कोरोना परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ८४ जना संक्रमित निको भएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार संक्रमित हुनेहरुमा बुटवल उपमहानगरपालिकामा २७ जना, तिलोत्तमा नगरपालिकामा ३१ जना, सिद्धार्थनगर नगरपालिकामा २० जना, सैनामैना नगरपालिकामा ८ जना, सम्मरीमाई गाउँपालिकामा ५ जना र अन्य केही पालिकाहरुमा ५ जना भन्दा कम संक्रमित थपिएका छन् ।
हालसम्म रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार ९ सय ५६ पुगेको छ भने जिल्लामा ३ हजार ५ सय ३० जना सक्रिय संक्रमित छन् ।
यस्तै देशभर २४ घण्टामा ६ हजार ९ सय ३९ नयाँ संक्रमित भेटिएका छन् । जसमा ७ हजार २ सय २६ जना संक्रमण मुक्त भएका छन् भने १०६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ । २० हजार ४१४ पीसीआर परीक्षणमा ६ हजार ७ सय ३१ र ५ सय ७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३९ नयाँ संक्रमित भेटिएका हुन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । जसमध्ये १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

≪ Previous Post

प्रतिगमनको पराजय र जनताको जित सुनिश्चित छ : दलहरु

Next Post ≫

घर बहाल कर छुट र कामदारलाई खोपको व्यवस्थागर्न होटेल व्यवसायीको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क