Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ खोप नलगाई विद्यालयजान्नौं : शिक्षक महासंघ
बर्षाका कारण दाउन्नेमा सडक चिप्लो भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बर्षाका कारण दाउन्नेमा सडक चिप्लो...

प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लुम्बिनी प्रदेश : आगामी वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत

लुम्बिनी प्रदेश : आगामी वर्षको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
हावाहुरीका कारण ढलेका रुखले च्यापिएर नवलपरासी र कपिलवस्तुमा ३ जनाको मृत्यु, ३ घाइते

हावाहुरीका कारण ढलेका रुखले च्यापिएर...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

खोप नलगाई विद्यालयजान्नौं : शिक्षक महासंघ

संसारपोस्ट संवाददाता · १३ जेष्ठ २०७८ · 0
खोप नलगाई विद्यालयजान्नौं : शिक्षक महासंघ
60
SHARES
ShareTweet

बुटवल, १३ जेठ । नेपाल शिक्षक महासंघ लुम्बिनीले कोरोना विरुद्धको खोप नलगाएसम्म विद्यालयहरु सञ्चालन गर्न सक्ने अवस्था नरहेको जनाएको छ । कतिपय स्थानीय तहहरुले नतिजा तयार पार्न तथा असारबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने नाममा शिक्षकहरुलाई विद्यालयमा बोलाएकोमा आपत्ति जनाउँदै स्वास्थ्यको सुनिश्चितता नहुँदा सम्म विद्यालय जाने वातावरण नभएको बताएको छ । हजारौ विद्यार्थी तथा अभिभावकको बीचमा जानुपर्ने शिक्षकलाई अहिलेसम्म खोप नदिएर राज्यले उपेक्षा गरेको महासंघले ठहर गरेको छ ।
प्रदेश समितिका अध्यक्ष प्रेमनारायण भण्डारीको अध्यक्षतामा बसेको बैठकले बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुको तलव बृद्धिको माग समेत गरेको छ । यस्तै सामुदायिक विद्यालयका नीजि स्रोत, संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरुलाई कोरोनाको कारण देखाउँदै निस्काशनगर्ने तथा तलव नदिने कार्य बन्दगर्न आग्रह गर्दै निस्काशन गरिएकाहरुलाई तत्काल पुनर्वहाली गर्न माग गरेको छ ।
यसैगरी दरबन्दी मिलानको कार्यलाई तत्काल स्थगित गरी शिक्षकहरु प्रति स्थानीय तहबाट भएका ज्यादती अन्त्यगर्न, शिक्षकहरुको तलब र ग्रेडमा भएको असमानताको अन्त्य गर्न तथा सरकारसँगभएका सम्झौता कार्यान्वनका लागि संघीय शिक्षा ऐन तत्काल लागूगर्न महासंघले माग गरेको छ ।
विभिन्न पेसागत संघ संगठनका पदाधिकारीहरुको समेत सहभागितामा बसेको बैठकलले खोप नलगाएका कारण कोरोनाबाट ज्यान गुमाउने शिक्षक, विद्यालय कर्मचारीका परिवारलाई राज्यले तत्काल क्षतिपूर्ति दिनुपर्ने, पेन्सन प्रयोजनका लागि अवधि नपुगेको भएमा अवधि थप गरी पेन्सन सुविधा दिनुपर्ने र अस्थायी करार शिक्षकको हकमा मृतकका परिवालाई राहत रकम दिनुपर्नेमा जोड दिइएको छ । नेपाल शिक्षक महासंघ लुम्बिनीका महासचिव गणेशप्रसाद रिजालका अनुसार हालसम्म यस प्रदेशमा ४७ जना शिक्षक कर्मचारीहरुको कोरोनाका कारण ज्यान गएको छ ।
वैठककमा अखिल नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सानुभाई कार्की, नेपाल शिक्षक महासघंका केन्द्रीय सदस्यहरु गंगा तिवारी, मोतिराम शर्मा, देवी भट्टराई, गणेश कार्की, नेपाल शिक्षक संघका लुम्बिनी प्रदेश अध्यक्ष अर्जुन कुमार योगी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद पोखरेल, अखिल नेपाल शिक्षक संघका अध्यक्ष बालाराम पोखरेल, एकिकृत अखिल नेपाल शिक्षक संगठनका महासचिव प्रेम बहादुर बस्नेत लगायतले पेसागत सुरक्षाका सम्बन्धमा धारणा राख्नुभएको थियो ।

≪ Previous Post

नवलपुरमा भारतीय ट्रकको ठक्करबाट पैदल यात्रुको ज्यान गयो

Next Post ≫

गीतकार दिनेश खड्काको ‘खुसीको गीत’

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क