रामकुमार श्रेष्ठ
नवलपुर, १३ जेठ । पूर्वी नवलपरासीमा भारतीय ट्रकको ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ । बुधबार नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी ब्यारेज पुल मर्मतको लागि ढुंगा लोड गरी आउँदै गरेको यु पी ६० एटी २७७७ नम्बरको ट्रकको ठक्करबाट विनयी त्रिवेणी ७ निवासी ३५ बर्षीय दशरथ गुप्ताको निधन भएको इलाका प्रहरी कार्यालय त्रिवेणीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते गुप्ताको बुधबार दिउँसो साढे १ बजेतिर उपचारको क्रममा नयाँ मेडिकल कलेज चितवन भरतपुरमा निधन भएको हो । ट्रक र चालक इलाका प्रहरी कार्यालय त्रिवेणीको नियन्त्रणमा रहेको प्रहरी नायव निरीक्षक ढाकाराम लामिछानेले जानकारी गराउनु भयो ।
