Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रुपन्देहीमा निषेधाज्ञाको अवधि जेठ २० सम्म कायम
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा निषेधाज्ञाको अवधि जेठ २० सम्म कायम

संसारपोस्ट संवाददाता · १२ जेष्ठ २०७८ · 0
रुपन्देहीमा निषेधाज्ञाको अवधि जेठ २० सम्म कायम
70
SHARES
ShareTweet

बुटवल, १२ जेठ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा जारी निषेधाज्ञाको अवधि जेठ २० गतेसम्म कायम गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनामा २०७८ साल जेठ १३ गते विहान ६ बजे देखि जेठ २० गते राती १२ बजेसम्म रुपन्देही जिल्ला भर लागु हुने गरी निषेधाज्ञालाई निरन्तरता दिईएको जनाइएको छ । सूचनामा निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अत्यावश्यक काममा बाहेक कुनैपनि ब्यक्ति घर बाहिर निस्कन नपाईने र मर्निङ् र ईभिनिङ् वाक समेत गर्न नपाइने उल्लेख छ ।
यस्तै जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालन नगर्ने, भेला, भिडभाड गर्न, जात्रा सञ्चालन गर्न, महोत्सव, सभा जुलुसलगायतका मानिसको भिडभाड हुने कुनैपनि क्रियाकलाप सञ्चालन गर्न नपाइने, सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालिम, गोष्ठि, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपाटमेन्टल स्टोर, सपिङ् मल, ब्युटिपार्लर, स्विमिङ पुल, स्पा, संग्राहालय, पुस्तकालय, समूहमा खेल्ने खेलकुद, जिम खाना सञ्चालन नगर्ने उल्लेख छ ।
यस्तै गरी परम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पुजा बाहेकका सम्पुर्ण धार्मिक साँस्कृतिक गतिविधि सञ्चालन तथा जमघट नगर्ने, शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्युसन सेण्टरलगायत जमघट हुने गतिविधि सञ्चालन नगर्ने, रुपन्देहीबाट अन्यत्र जिल्लाका लागि छुट्ने सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने, पूर्व पश्चिम राजमार्ग वारपार गर्ने बाहेक यस जिल्लामा अन्तिम स्पट विन्दु भई अन्य जिल्लाबाट आउन निषेध गर्ने र होटल, रेष्टुरेण्ट र पार्टी प्यालेस सञ्चालन गर्न नपाईने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । निषेधाज्ञाको अवधिमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधी र अत्यावश्यक वस्तु तथा मालसमान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवालाई भने निषेध गरिएको छैन ।

≪ Previous Post

आज २५६५ औं बुद्ध जयन्ती : पूजापाठ र दीप प्रज्ज्वलन गरेर सामान्य रुपमा मनाइदै

Next Post ≫

नवलपुरमा भारतीय ट्रकको ठक्करबाट पैदल यात्रुको ज्यान गयो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क