Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मौलाकालिका मन्दिरमा केवलकार निर्माणका लागि रुख काट्न शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मौलाकालिका मन्दिरमा केवलकार निर्माणका लागि रुख काट्न शुरु

संसारपोस्ट संवाददाता · ११ जेष्ठ २०७८ · 0
मौलाकालिका मन्दिरमा केवलकार निर्माणका लागि रुख काट्न शुरु
80
SHARES
ShareTweet

एक वर्षभित्रै केवलकार निर्माण हुने
गैँडाकोट, ११ जेठ । देशकै प्रशिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिर गैँडाकोट १ नवलपुरमा एक वर्षभित्रै केवलकार निर्माण हुने भएको छ । केवलकार निर्माणका लागि हिजोदेखि रुख कटानको काम सुरु भएको हो । मन्त्रिपरिषदको निर्णयबाट रुख कटानको अनुमति आएपछि फिल्डमा काम थालिएको छ । धार्मिक वन र मौलाकाली सामुदायिक वन क्षेत्रका रुखहरु कटान हुनेछन् ।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले रुख कटान कार्यको शुभारम्भ गर्दै यसक्षेत्रमा केवलकार निर्माणको काम सुरु भएको र जिल्लाकै गौरवको आयोजना आफ्नो नगरमा हुनु खुशीको विषय भएको बताउनुभयो । नगरप्रमुख पौडेलले निर्माण सम्पन्न गर्न नगरवाट पूर्ण सहयोग हुने भन्दै यसले स्थानीयको आयआर्जनमा परिवर्तन ल्याउनुका साथै रोजगारीको अवसर र नगरको विकासमा ठूलो टेवा मिल्ने बताउनु भयो ।
उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको कम्पनी मौलाकाली केवलकार निर्माण प्रालिले केवलकार निर्माण गर्ने भएको हो । मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा कम्पनीका प्रोजेक्ट म्यानेजर गोकुल साउदले एकवर्षभित्र केवलकार निर्माण सम्पन्न गरी संचालनमा ल्याउने दावी गर्नुभयो ।
साना ठूला गरी १ हजार ३८ वटा रुखहरु काटिने बताउँदै ठूला भन्दा धेरै पोल साइजका रुख भएकाले जेठ मसान्तसम्म कटानको कार्य सकाएर कन्स्ट्रक्सन सुरु गर्ने जानकारी उहांले गराउनु भयो । उहांले चन्द्रागिरी हिल्स र मनकामना केवलकार निर्माण गरेकै अष्ट्रेलियन कम्पनीले कन्स्ट्रक्सनको काम सुरु गर्ने बताउनु भयो ।
गैँडाकोट १ धारापानीमा र मन्दिर नजिक रहेको हेलिप्याडमा गरी दुई वटा स्टेशन बन्नेछ । दुई वटा स्नेशन रहने केवलकारको कुल लम्वाई १२ सय मिटर रहेको छ । ६ वटा टावर रहने केवलकारमा १२ वटा डब्बा हुने र एउटा डब्बामा ८ जना अट्ने साउदले बताउनुभयो । दैनिक ६ हजार यात्रु आवतजावत गराउने क्षमता केवलकारको रहने छ ।
५१ प्रतिशत कम्पनी र ४९ प्रतिशत स्थानीयको लगानी रहने गरी कुल २ अर्बको लागतमा केवलकार निर्माण हुने बताइएको छ । समय अनुसार लागत बढ्नपनि सक्ने साउदको भनाई छ । मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकाटोले पैदल नै मन्दिर जाँदा राम्रो हुने भएपनि समयको माग अनुसार केवलकार निर्माणको सुझाव आएपछि अनुमति दिएको बताउनुभयो । धेरै निर्माण कम्पनी आएपनि चन्द्र ढकालको कम्पनीसँग मात्रै सामाजिक हित सहितको सहमति बनेपछि निर्माण अनुमति दिएको उहांको भनाई छ ।
योग्यता र क्षमताको आधारमा स्थानीयलाई रोजागारी दिनेदेखि एउटा समिति बनेर शर्तहरु पुरा गर्ने सहमति भएर मन्दिरको ३४ औँ साधारणसभाले केवलकार निर्माणको अनुमति दिएको सापकोटाले बताउनु भयो । सव डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सूर्य सिह गुरुङले रुख कटान गर्दा ध्यान दिनुपर्ने कुरामा प्रशिक्षण दिनुभएको थियो । उहांले रुख कटान गरिएको नजिकै वृक्षारोपणको ठाउँ उपलब्ध गराउन आग्रह गर्नुभयो । वृक्षारोपण निर्माण कम्पनीले गर्नेछ ।
वडाअध्यक्ष हरिप्रसाद सापकोटाले लामो समयको संघर्षपछि केवलकार निर्माणले साकार पाएको भन्दै यो वडाको पनि गौरव भएको बताउनु भयो । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अमृत भट्टचनले निजी क्षेत्रले नाफामूलक मात्रै नभई समुदायको विकासमा पनि ठूलो काम गरेको छ भन्ने उदाहरण यो भएको भन्दै यसले पर्यटन प्रवद्र्धनका साथै विकास र रोजगारीका अवसर बढाउने उल्लेख गर्नुभयो ।
मौलाकाली सामुदायिक वनका अध्यक्ष काशिनाथ कडेँलले केवलकार निर्माणको चरण र निर्माणपछि हुने फाहोरमैला व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गर्दै भएको सहमति काार्यन्वयनमा कमी हुन नहुनेमा सबैलाई सचेत गराउनु भयो । साथै गैँडाकोटवासीले केवलकार चढेर जादा आउदा पाउनुपर्ने सहुलियत देखि रोजगार लगायत सहमति सम्झौताका कुरालाई मनैदेखि मनन गरेर स्थानीयवासीहरुसँग सहकार्य गरेर काम गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । मौलाकालिका मन्दिर व्यवस्थापन समितिका सचिव सुरेन्द्र रेग्मीले सहजीकरण गर्नुभएको थियो । कोरोना महामारीका वीच छोटो कार्यक्रम गरी कटानको थालनी गरिएको थियो ।

≪ Previous Post

सिद्धबाबामा सुरुङ मार्ग निर्माणका लागि टेण्डर आह्वान

Next Post ≫

मध्यविन्दु जिल्ला अस्पतालमा आइसियु कक्ष सहित अक्सिजन प्लान्ट संचालनमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क