Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिद्धबाबामा सुरुङ मार्ग निर्माणका लागि टेण्डर आह्वान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिद्धबाबामा सुरुङ मार्ग निर्माणका लागि टेण्डर आह्वान

संसारपोस्ट संवाददाता · ९ जेष्ठ २०७८ · 0
सिद्धबाबामा सुरुङ मार्ग निर्माणका लागि टेण्डर आह्वान
70
SHARES
ShareTweet

बुटवल, ९ जेठ । सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग निर्माणका लागि टेण्डर आहवान भएको छ । रुपन्देही र पाल्पा जिल्लाको सीमाना पर्ने बुटवल पाल्पा सडक खण्डको सिद्धबाबामा सुरुङ मार्ग निर्माणका लागि आइतबार टेण्डर आह्वान गरिएको हो ।
सिद्धबाबामा सुरुङ मार्ग निर्माणका लागि अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ठेक्का प्रक्रिया अघि बढाउन गत मंसिरमै सहमति प्रदान गरेको थियो । अर्थको सहमतिअनुसार सडक विभागले आइतबार ४५ दिने सूचना प्रकाशित गर्दै ग्लोबल टेण्डर आह्वान गरेको हो । सुरुङमार्ग ५ वर्षभित्र बनाइसक्नुपर्ने भनिएको छ ।
गएको मंसिर १ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त सुरुङ मार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो । टेण्डर आह्वानसँगै सुरुङ मार्ग निर्माणले मूर्तरुप पाउने आशा गरिएको छ । सुरुङ मार्ग एक किलोमिटर १२६ मिटरको हुनेछ । सुरुङमार्गको सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५ सय मिटरको रकनेट (जाली) राखिने सडक विभागका उपमहानिर्देशक विजय जैशीले जानकारी दिनुभयो । उहांका अनुसार सुरुमा जाली राखेर यसलाई व्यवस्थित गरिने छ ।
पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ हुँदै म्याग्दीसम्म गाडी चल्ने सिद्धबाबा सडक खण्डको डेढ किलोमिटर क्षेत्र पहिरो र दुर्घटनाको अत्यधिक जोखिमयुक्त क्षेत्रमा पर्छ । हरेक वर्ष वर्षा याममा मात्र नभई हिउँदमा समेत पहिरो खस्दा ठूलोमात्रामा जनधनको क्षति हुने गरेको छ ।
सडक विभागको तथ्यांक अनुसार गएको १० वर्षमा सिद्धबाबा खण्डमा पहिरो खस्दा र दुर्घटना हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको छ भने ६० भन्दा बढी सवारी साधन दुर्घटनामा परेर पुरिएका छन् ।

≪ Previous Post

कपिलवस्तुका दिपक पाण्डेलाई गोली प्रहार गर्ने दुई जना पक्राउ

Next Post ≫

मौलाकालिका मन्दिरमा केवलकार निर्माणका लागि रुख काट्न शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क