Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कपिलवस्तुका दिपक पाण्डेलाई गोली प्रहार गर्ने दुई जना पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कपिलवस्तुका दिपक पाण्डेलाई गोली प्रहार गर्ने दुई जना पक्राउ

संसारपोस्ट संवाददाता · ७ जेष्ठ २०७८ · 0
कपिलवस्तुका दिपक पाण्डेलाई गोली प्रहार गर्ने दुई जना पक्राउ
90
SHARES
ShareTweet

कपिलवस्तु, ७ जेठ । कपिलवस्तुका माओवादी नेता दिपक पाण्डेयलाई गोलीहानी घाईते बनाउने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । यही जेठ ५ गते राती ११ बजे जिल्ला कपिलवस्तु कपिलवस्तु नगरपालिका ३ सडवा स्थित ४ नं. तौलिहवा सडक खण्डमा तौलिहवा तर्फ आउदै गरेको लु ९ प ८५२१ नं. को मोटरसाइकलमा सवार मोटसाइकल चालक भारत जिल्ला बस्ति थाना मुण्डिलवा ग्राम टिकौरा बस्ने बर्ष ३६ को मोहमद ईसाद खान, सोही मो.टरसाइकलमा सवार भारत जिल्ला सिदार्थनगर ग्राम चेतरी बजार बस्ने बर्ष २६ को ईयाज अख्तर मुसलमान र जिल्ला कपिलवस्तु कपिलवस्तु नगरपालिका १ बस्ने बर्ष ३४ को दिपक पाण्डेलाई गोली प्रहार गरी घाईते बनाई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । नंम्बर नखुलेको मोटरसाईकलमा आएका ३ जना व्यक्तिहरुले पेस्तोलबाट ३ राउण्ड गोली प्रहार गर्दा दिपक पाण्डे र ईयाज अख्तर मुसलमान घाईते भएका थिए । घाईते मध्ये दिपक पाण्डेको हाल मेडिकल कलेज भैरहवामा उपचार भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले घटनाको अनुसन्धान गर्ने क्रममा घाईतेको भनाई तथा बरामद दसी प्रमाणहरुको प्राविधिक बिश्लेषणबाट कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका वार्ड नं.१ आनन्दबाग बस्ने बर्ष ३ को ओम प्रकाश यादव र कपिलवस्तु नगरपालिका वार्ड नं.२ बस्ने बर्ष ३३ को साकिर अलि पाखियालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ओम प्रकाश यादवले दिपक पाण्डे सँगको व्यक्तिगत दुस्मनीका कारण अन्य ब्यक्तिहरुसंग मिली पाण्डेलाई गोलीहानी हत्या गर्ने योजना बनाई लु १६ प ३४९७ नंवरको मोटरसाइकल आफैले चलाई साकिर अलि पाखिया समेतलाई सोही मोटरसाइकलमा राखी दिपक पाण्डे समेतलाई गोलीहानी घाईते बनाई घटनास्थलबाट फरार भएका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको बिशेष अनुसन्धान टोलीले हिजो पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथ र घटनास्थलवाट लु १६ प ३४९७ नंवरको पल्सर मोटरसाइकल, ओम प्रकाश यादवले प्रयोग गर्ने मोवाईल २ थान, ७:६५ एमएम लेखिएको जंगी राउण्ड १ र १ थान खोका बरामद गरेको छ । घटनाको अनुसन्धान भैरहेको सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताउनु भयो ।

≪ Previous Post

तिलोत्तमामा विद्यालय तहको वार्षिक परीक्षा नहुने

Next Post ≫

सिद्धबाबामा सुरुङ मार्ग निर्माणका लागि टेण्डर आह्वान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क