कपिलवस्तु, ७ जेठ । कपिलवस्तुका माओवादी नेता दिपक पाण्डेयलाई गोलीहानी घाईते बनाउने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । यही जेठ ५ गते राती ११ बजे जिल्ला कपिलवस्तु कपिलवस्तु नगरपालिका ३ सडवा स्थित ४ नं. तौलिहवा सडक खण्डमा तौलिहवा तर्फ आउदै गरेको लु ९ प ८५२१ नं. को मोटरसाइकलमा सवार मोटसाइकल चालक भारत जिल्ला बस्ति थाना मुण्डिलवा ग्राम टिकौरा बस्ने बर्ष ३६ को मोहमद ईसाद खान, सोही मो.टरसाइकलमा सवार भारत जिल्ला सिदार्थनगर ग्राम चेतरी बजार बस्ने बर्ष २६ को ईयाज अख्तर मुसलमान र जिल्ला कपिलवस्तु कपिलवस्तु नगरपालिका १ बस्ने बर्ष ३४ को दिपक पाण्डेलाई गोली प्रहार गरी घाईते बनाई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । नंम्बर नखुलेको मोटरसाईकलमा आएका ३ जना व्यक्तिहरुले पेस्तोलबाट ३ राउण्ड गोली प्रहार गर्दा दिपक पाण्डे र ईयाज अख्तर मुसलमान घाईते भएका थिए । घाईते मध्ये दिपक पाण्डेको हाल मेडिकल कलेज भैरहवामा उपचार भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले घटनाको अनुसन्धान गर्ने क्रममा घाईतेको भनाई तथा बरामद दसी प्रमाणहरुको प्राविधिक बिश्लेषणबाट कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका वार्ड नं.१ आनन्दबाग बस्ने बर्ष ३ को ओम प्रकाश यादव र कपिलवस्तु नगरपालिका वार्ड नं.२ बस्ने बर्ष ३३ को साकिर अलि पाखियालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ओम प्रकाश यादवले दिपक पाण्डे सँगको व्यक्तिगत दुस्मनीका कारण अन्य ब्यक्तिहरुसंग मिली पाण्डेलाई गोलीहानी हत्या गर्ने योजना बनाई लु १६ प ३४९७ नंवरको मोटरसाइकल आफैले चलाई साकिर अलि पाखिया समेतलाई सोही मोटरसाइकलमा राखी दिपक पाण्डे समेतलाई गोलीहानी घाईते बनाई घटनास्थलबाट फरार भएका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको बिशेष अनुसन्धान टोलीले हिजो पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथ र घटनास्थलवाट लु १६ प ३४९७ नंवरको पल्सर मोटरसाइकल, ओम प्रकाश यादवले प्रयोग गर्ने मोवाईल २ थान, ७:६५ एमएम लेखिएको जंगी राउण्ड १ र १ थान खोका बरामद गरेको छ । घटनाको अनुसन्धान भैरहेको सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताउनु भयो ।
