Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमामा विद्यालय तहको वार्षिक परीक्षा नहुने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमामा विद्यालय तहको वार्षिक परीक्षा नहुने

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७८ · 0
तिलोत्तमामा विद्यालय तहको वार्षिक परीक्षा नहुने
60
SHARES
ShareTweet

आन्तरिक मूल्यांकनमार्फत परीक्षाफल प्रकाशित गरिने
तिलोत्तमा, ६ जेठ । तिलोत्तमा नगरपालिकामा चालु शैक्षिक सत्रमा बाँकी रहेको विद्यालय तहको वार्षिक परीक्षा नहुने भएको छ । कोरोना संक्रमण बढ्न थालेपछि तिलोत्तमाका सामुदायिक तथा संस्थागत विद्यालय वैशाख १२ गतेबाट पूर्णतः बन्द छन् । नगरपालिकाको निर्देशनअनुसार कक्षा तीन सम्मको परीक्षा विद्यालयहरुले वैशाख १२ गते अघि नैं लिइसकेका थिए ।
बाँकी कक्षाको परीक्षा वैशाख १२ बाट सुरु भएकोमा कोरोना महामारी बढेपछि सोही दिनबाटैं परीक्षा रोकिएको थियो । हालसम्म कोरोना महामारीको संक्रमण यथावत् रहेकोले विद्यार्थी भौतिक रुपमा विद्यालयमा गएर परीक्षा दिन सक्ने अवस्था नरहेको भन्दै नगर शिक्षा समितिले आन्तरिक मूल्यांकनमार्फत् परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो ।
शिक्षा समिति संयोजक समेत रहनुभएका नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षतामा बिहीबार बसेको बैठकले सबै सामुदायिक तथा संस्थागत विद्यालयले जेठ ३१ गते एकसाथ आन्तरिक मूल्यांकनमार्फत् परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले जानकारी दिनुभयो । आन्तरिक मूल्यांकनको लागि त्रैमासिक परीक्षा र अर्धवार्षिक परीक्षामा प्राप्त अंकको ४०÷४० प्रतिशत तथा विद्यालयमा रहेको विद्यार्थीको अभिलेखको आधारमा २० प्रतिशत तय गर्नुपर्ने मापदण्ड निर्धारण गरिएको छ ।
समितिको बैठकले कक्षा ८ को नगरस्तरीय परीक्षाको लागि समेत सोहीअनुसारको मापदण्डको आधारमा मूल्यांकन गरी त्यसको विवरण जेठ २५ गतेभित्र शिक्षा शाखामा पठाउन विद्यालयलाई सूचित गरेको छ । नगरपालिकाले नतिजा प्रकाशित गर्नुभन्दा अघि नयाँ शैक्षिक सत्रको भर्ना तथा अनलाइन कक्षा नचलाउन विद्यालयलाई निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलद्धारा जारी सूचनामा उल्लेख छ ।

≪ Previous Post

लुम्बिनी प्रेस क्लबमा आबद्ध पत्रकारको निःशुल्क पीसीआर परीक्षण

Next Post ≫

कपिलवस्तुका दिपक पाण्डेलाई गोली प्रहार गर्ने दुई जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क