Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रेस क्लबमा आबद्ध पत्रकारको निःशुल्क पीसीआर परीक्षण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रेस क्लबमा आबद्ध पत्रकारको निःशुल्क पीसीआर परीक्षण

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७८ · 0
लुम्बिनी प्रेस क्लबमा आबद्ध पत्रकारको निःशुल्क पीसीआर परीक्षण
80
SHARES
ShareTweet

भैरहवा, ६ जेठ । लुम्बिनी प्रेस क्लब भैरहवा रुपन्देहीले क्लवमा आबद्ध पत्रकारहरुको निःशुल्क कोरोना (पीसीआर) परीक्षण सुरु गरेको छ । क्लबले नेशनल प्याथ ल्याब प्रालिको सहयोगमा क्लबमा आबद्ध पत्रकारहरुको पीसीआर परीक्षण सुरु गरेको हो ।
क्लबका अध्यक्ष नरेश केसीका अनुसार क्लबमा आबद्ध ३८ पत्रकारहरुको पीसीआर परीक्षण बिहीबारबाट सुरु भएको छ । अध्यक्ष केसीका अनुसार अघिल्लो वर्ष पनि क्लबमा आबद्ध पत्रकारहरुको निःशुल्क परीक्षण गरिएको र योपल्ट पनि निःशुल्क गगरिएको छ । गत वर्ष सिद्धार्थ लेडी जेसिजको सहयोगमा पत्रकारहरुको पीसीआर जाँच भएको थियो ।
क्लबमा आबद्ध पत्रकारहरुले पीसीआर जाँच गर्न चाहेमा भैरहवास्थित सिद्धार्थ बसपार्कमा रहेको नेशनल प्याथ ल्याबको कार्यालयमा गएर निःशुल्क जाँच गर्नसक्ने कोषाध्यक्ष प्रकाश न्यौपानेले बताउनुभयो । क्लवको आग्रहमा नेशनल प्याथ ल्यावले सहकार्य गरेकाले यसवाट फ्रन्टलाइनमा खट्ने पत्रकारहरुलाई ठूलो सहयोग पुग्ने कोषाध्यक्ष न्यौपानेले बताउनु भयो ।
नेशनल प्याथ ल्याबका संचालक रुद्र कार्कीले फ्रन्टलाइनमा रहेर सधै खट्ने पत्रकारहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत प्रेस क्लबको अनुरोधलाई स्वीकार गर्दै निःशुल्क पीसीआर परीक्षण गरिएको बताउनुभयो ।
नेशनल प्याथ ल्याबका भैरहवा इन्चार्ज मनोज कुमार प्रजापतीका अनुसार अहिले दैनिकरुपमा यहाँ १५० जनाको हाराहारीमा पीसीआर जाँचका लागि स्वाव दिन आउने गरेका छन् । ल्याबले अशक्त, विरामी र होम आइसोलेसनमा बसेकाहरुलाई सम्बन्धित ठाउँमै गएर स्वाव संकलन पनि गर्दै आएको छ ।

≪ Previous Post

जघन्य अपराधमा संलग्न फरार अपराधी पक्राउ

Next Post ≫

तिलोत्तमामा विद्यालय तहको वार्षिक परीक्षा नहुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क