६ जेठ, काठमाडौं, ६ जेठ । नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गरी राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ । आज (बिहीबार) सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा गृहमन्त्री थापा बादल देवकोटासँग पराजित बन्नुभएको हो । मतभार अनुसार एमाले उम्मेदवार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल हुनुभएको छ ।
स्थानीय तहमा देवकोटाले १२८ मत प्राप्त गर्दा बादलले १०३ मत मात्रै प्राप्त गर्नुभएको छ । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाउनुभएको छ । त्यस्तै, प्रदेशसभामा खिमलालले ५८ मात पाउंदा बादलले ४५ मत र तामाङले २ मत प्राप्त गर्नुभएको छ ।
खिमलालले स्थानीय तहमा पाएको १२८ मतको मतभार २३०४ हुन्छ भने बादलले पाएको मतभार १८५४ हुन्छ । यस्तै प्रदेशसभामा खिमलालले पाएको ५८ मतको मतभार २७८४ र बादलले पाएको ४५ मतको मतभार २१६० हुन्छ ।
