किाठमाण्डौ, ६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ ।
मौन अवधिमा एमालेका उम्ेदवारलाई मत मागेको भन्दै नेपाली काँग्रेसले प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको हो । मौन अवधिमा मत मागेर प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली र शिक्षामन्त्री श्रेष्ठले निर्वाचन आचार संहिता उल्लंघन गरेकाले कारबाही गर्न माग गर्दै आज (विहिबार) नेपाली काँग्रेसले आयोगमा उजुरी दिएको हो ।
एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले एमाले अध्यक्षको हैसियतमा र शिक्षामन्त्री श्रेष्ठले बागमती प्रदेशको राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादललाई जिताउन बुधबार सार्वजनिक रूपमा अपिल गर्नुभएको थियो ।
मौन अवधिमा प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठले मत मागेर निर्वाचन आचार संहिता उल्लंघन गरेको कांग्रेसको दाबी छ । निर्वाचन आचार संहिताले मतदान हुनुपूर्व ४८ घण्टालाई मौन अवधि तोकेको छ ।
नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको उजुरी :
