बुटवल, ५ जेठ । रुपन्देहीका पत्रकार हिक्मत चौधरीको कोरोना संक्रमणका कारण निधन भएको छ । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सदस्य ६० बर्षीय चौधरीको आज (बुधबार) बिहान उपचारको क्रममा निधन भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि विगत १० दिनदेखि रुपन्देहीको बुटवल धागो कारखानामा रहेको कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत चौधरीको स्वास्थ्यमा थप समस्या आएपछि दुई दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
तिलोत्तमा नगरपालिका–५ मणिग्राम निवासी पत्रकार चौधरी रेडियो लुम्बिनीमा कार्यरत हुनुहुन्थ्यो । स्वर्गीय चौधरीका श्रीमती, चार छोरी र दुई छोरा छन् ।
