Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाको केवलानीमा ४० बेडको कोरोना अस्थायी अस्पताल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाको केवलानीमा ४० बेडको कोरोना अस्थायी अस्पताल

संसारपोस्ट संवाददाता · ५ जेष्ठ २०७८ · 0
तिलोत्तमाको केवलानीमा ४० बेडको कोरोना अस्थायी अस्पताल
70
SHARES
ShareTweet

सेन्टर फ्लो अक्सिजन सिष्टम जडान
तिलोत्तमा, ५ जेठ । कोरोना संक्रमित बिरामीको चाप बढ्दै जाँदा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नं. ९ केवलानी स्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा कोभिड अस्थायी अस्पताल निर्माण गरेको छ । शंकरनगरमा रहेको आइसोलेशन सेन्टरले बिरामीको चांप थेक्न नसक्ने देखिएपछि थप आइसोलेशन सेन्टर निर्माण गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो ।
तत्काल ४० बेड रहेपनि केवलानीको कोरोना अस्थायी अस्पतालमा बेड संख्या एक सय पुर्याउन सकिने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाको सभाहल नयाँ रहेकोले विद्युत्, खानेपानी, सरसफाईलगायत आवश्यक पूर्वाधार निर्माण गरी आइसोलेशन सेन्टर निर्माण गरिएको हो । अस्थायी अस्पतालमा सेन्टर फ्लो अक्सिजन सिष्टमबाट बिरामीलाई आवश्यकताअनुसार अक्सिजन उपलब्ध गराइने कोरोना फोकल पर्सन केशव भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यो सिष्टमबाट बिरामीलाई अक्सिजन दिँदा अक्सिजन किफायती हुन्छ ।

बुधबार अस्थायी अस्पतालको चावी कोरोना फोकल पर्सन भट्टराईलाई हस्तान्तरण गर्दै नगर प्रमुख घिमिरेले कोरोना महामारीसँग जुध्न नगरपालिकाले उपलब्ध सबै साधनस्रोतको उच्चतम प्रयोग गर्ने बताउनुभयो । अस्थायी अस्पताल निर्माणमा सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै नगर प्रमुख घिमिरेले अस्पतालमा थप सेवा सुविधा थप्दै लगिने बताउनुभयो ।
नगरपालिकाले अस्थायी अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि नगर उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा समिति समेत गठन गरेको छ । समितिको सदस्यहरुमा वडा नं. ९ का वडाध्यक्ष नारायण न्यौपाने, वडा नं. ५ का चेतनारायण भण्डारी, वडा नं. ७ का दुर्गा पाण्डेय, वडा नं. ८ का कृष्ण पौडेल, प्रवक्ता सुरेन्द्र श्री, स्वास्थ्यकर्मी खगराज पोखरेल, गणेश भण्डारी तथा ईलाका प्रहरी कार्यालय मंगलापुरका प्रतिनिधि रहेका छन् भने सदस्य सचिवमा कोरोना फोकल पर्सन केशव भट्टराई रहनुभएको छ ।

≪ Previous Post

दाउन्नेको खुर्सानी खोलामा बस दुर्घटना ४ जनाको निधन

Next Post ≫

कोरोना संक्रमणबाट पत्रकार हिक्मत चौधरीको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क