Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सैनामैनामा कोरोना संक्रमित विरामी वोक्न आटोरिक्सा एम्वुलेन्स सञ्चालन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सैनामैनामा कोरोना संक्रमित विरामी वोक्न आटोरिक्सा एम्वुलेन्स सञ्चालन

संसारपोस्ट संवाददाता · ४ जेष्ठ २०७८ · 0
सैनामैनामा कोरोना संक्रमित विरामी वोक्न आटोरिक्सा एम्वुलेन्स सञ्चालन
80
SHARES
ShareTweet

सैनामैना, ४ जेठ । रुपन्देहीको सैनामैना नगरपालिकामा कोरोना संक्रमित बिरामी बोक्नका लागि अटोरिक्सा एम्बुलेन्स सञ्चालन गरिएको छ ।
जिल्लाका अन्य पालिकामा जस्तै सैनामैनामा पनि कोरोना संक्रमित विरामीको संख्या बढ्दै गएकाले यातायात साधनको अभावले कोही कसैले मृत्यु वरण गर्न नपरोस् भन्ने उद्देश्यले आजदेखि ३ वटा अटोरिक्सा एम्वुलेन्स सञ्चालन गरिएको सत्य सञ्जाल सैनामैनाका अध्यक्ष युवराज भुषालले जानकारी गराउनु भयो । सत्य सञ्जाल सैनामैनाले निशुल्क रुपमा अटोरिक्सा एम्वुलेन्स सञ्चालन गरेको समेत अध्यक्ष भुषलले वताउनु भयो ।
अटोरिक्सा एम्वुलेन्स सञ्चालनको शुभारम्भ गर्दै सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीले संक्रमितहरुलाई ओसारपसार गर्न यसले ठुलो टेवा पुर्याउने वताउनु भयो । यो सेवाले गरिब तथा विपन्न परिवारलाई उपचारमा सहज हुने तर्क गर्दै प्रमुख कार्कीले लक्षण देखिएका बिरामीहरुलाई तत्काल अस्पतालसम्म पुर्याउन सकिएमा उनीहरुको स्वास्थ्य अवस्थामा सुधार आउनुका साथै उपचारकै अभावमा संक्रमण वाट हुने मृत्यु दरलाई समेत घटाउन सकिने विश्वास ब्यक्त गर्नुभयो । अटोरिक्सा एम्वुलेन्स सञ्चालनमा समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता जनाउदै उहांले सवैको साथ र सहयोगले मात्र यो महामारीको सामना गर्न सकिने बताउनु भयो ।
सत्य सञ्जालले खाली सिलिण्डरमा निशुल्क अक्सिजन समेत सहयोग गर्ने सञ्जालका सल्लाहकार अशोक बज्राचार्यले वताउनु भयो ।
सञ्जालका प्रमुख सल्लाहकार लेखनाथ भण्डारीका अनुसार नगरका सबै वडालाई समेट्ने गरी अटोरिक्सा एम्वुलेन्स सञ्चालन गरिएको र यसका लागि संयोजक तोकेर जिम्मेवारी समेत दिइएको छ । जस अनुसार सैनामैना वडा न.१,२,३,४मा अटोरिक्साका लागि केशवराज कंडेल, वडा न.५,६,७,८ मा प्रदिप पाण्डे र वडा नं.९,१०,११ मा जितु बोहोरालाई संयोजक तोकिएको छ । अटोरिक्साका लागि संयोजक कंडेललाई ९८५७०८३८८४, पाण्डेलाई ९८६९९३७७२१ र बोहोरालाई ९८५७०५७४२५ मा सम्पर्क गर्न सकिने छ । सञ्जालले सबै खर्च ब्यहोर्ने गरी विरामीको घरमै पुगेर सेवा दिने ब्यवस्था सहित अटोरिक्सा एम्वुलेन्स सञ्चालन गरेको सञ्जालका हरि प्रसाद भुर्तेलले जानकरी दिनुभयो ।

≪ Previous Post

आम्दा अस्पतालको कोभिड केयर युनिटमा बुटवल उवासंघद्वारा आईसीयु उपकरण प्रदान

Next Post ≫

दाउन्नेको खुर्सानी खोलामा बस दुर्घटना ४ जनाको निधन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क